Saturday, June 17, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को २०% बोनस (BONUS) र ६००% हकप्रद (RIGHT) को दोब्बर अफर अवसर नगुमाउनु होला !

एभरेष्ट ईन्स्याोरेन्स कम्पनी लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको गरी ५ वर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारणसभा एकसाथ एकै पटक यही असार २३ गते बिहिबार बार्षिक साधारणसभा बोलाएर २० प्रतिशत बोनस सेयर प्रस्ताव पास गर्ने र त्यसपछि फेरि ६०० प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव प्रस्तुत गर्दैछ । एभरेष्ट ईन्स्योरेन्सको यही असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी बोनसपछि कायम हुने चुक्ता पुँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको हो ।


उसको प्रस्ताव सभाले पारित गरेमा सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयरसंख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनसस्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त प्रस्ताव साधारणसभा ले पारित गरि बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

इन्स्योरेन्सले उक्त प्रायोजनको लागि साधारण सभा गर्न असार ९ गते शुक्रबारदेखि २३ गते शुक्रबारसम्म नेप्सेमा आफ्नो सेयर कारोबार रोक्का राख्न सेयरधनी दर्तापुस्तिका अर्थात् बुक क्लोज गर्न नेप्सेलाई चिठी लेखेको छ । यस आधारमा एभरेष्टको यस पटक घोषणा गरिएको बोनस पाउन र साधारण सभामा भाग लिन बुक क्लोज हुने दिन भन्दा अघि असार ८ गते बिहिबार सम्ममा नै सेयर किनिसक्नु पर्ने छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे हुनेछ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने उद्देश्यले एभरेष्टले बोनस र हकप्रदको बाटो समाएको हो ।

एभरेष्ट इृन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले थला बसी बीमा समितिको कारबाहीमा परी संकटग्रस्त अबस्थामा पुगेर पनि हालैका बर्षहरुमा उसको अबस्था क्रमशः सुधार हुँदै गएको छ । निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा न्यूनतम १ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था छ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पुँजी ८५ करोड ५ लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

अस्ति मंगलबार नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,४३९ रुपैयाँ हाराहारीमा कारोबार भएको थियो भने नेप्से कारोबार यसै साताको अन्तिम दिन बिहिबार बढेर २,६४५ रुपैयाँसम्म कारोबार भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्तापुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny