एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा चार करोड ५५ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.१२ प्रतिशत ले खुद नाफा वृद्धि गरेको हो । कम्पनीले अघिल्लो समीक्षा अवधि वर्षमा दुई करोड ८१ लाख २१ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ६२.१४ प्रतिशतले बढेको हो ।
ShareUpdateNepal |
एभरेष्टले २६ करोड ३३ लाख २१ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४५.३३ प्रतिशत धेरै हो । एभरेष्टले पुनर्बिमा कमिशनबाट ४ करोड ५१ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो इन्सुरेन्सले गत वर्ष २४ करोड १९ लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । एभरेष्टले १८ हजार पाँच सय ५५ वटा बीमालेख जारी गरेको छ भने २३६ वटा बीमालेख नवीकरण गरेको कम्पनीले एक हजार तीन सय ८० वटा बीमा दाबी भुक्तानी गरेको छ । अब एभरेष्टले १३ करोड ८५ लाख ९३ हजार रुपैंयाको छ सय ६५ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
लगानी कर्जा तथा अन्य आय झण्डै दोब्बरले बढाएर एक करोड १२ लाख १३ हजार रुपैंया पुर्याएको कम्पनीको व्यवस्था फिर्ता वापतको रकम ३० लाख ३० हजार रुपैंयाबाट बढेर तीन करोड ४८ लाख ६० हजार रुपैंया पुगेको छ । व्यवस्था फिर्ताबाट ठूलो रकम उठाएका कारण एभरेष्टको खुद नाफामा भारी वृद्धि आएको हो । यस इन्सुरेन्सको जगेडा कोष अघिल्लो वर्षको तुलनामा ३२.७२ प्रतिशत घटेको छ । अघिल्लो वर्ष १७ करोड ७ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर ११ करोड ४८ लाख रुपैयाँमा आएको छ । बिमा कोष भने २११.६९ प्रतिशत वृद्धि भएर १५ करोड २३ लाख ३७ हजार रुपैयाँ सञ्चित गरेको छ । बिमा कोषमा अघिल्लो वर्ष ४ करोड ८८ लाख ७३ हजार रुपैयाँमात्र थियो । कम्पनीको खुद नाफामा आएको बढोत्तरीले प्रतिसेयर आम्दानी ३७ रुपैंया ५२ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय ८१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
एभरेष्टको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन प्रगति बिबरण तथ्याँक तालिका हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
ShareUpdateNepal |
बिमा समितिले तोकेको चुक्ता पुँजी एक अर्ब पुर्याउन एभरेष्टले बोनस र हकप्रदको बाटो रोजेको हो । २० प्रतिशत बोनस पश्चात एभरेष्टको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ कायम भएको हो । त्यस पछि कम्पनीको गएको साधारणसभाले छ सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कायम रहेको चुक्ता पूँजी बराबर रकमको प्रत्येक १ कित्ता साधारण सेयर बराबर थप छ नयाँ कित्ता (१:६) को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरणको प्रक्रिया अगाडि बढाउने क्रममा त्यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्त गरी सकेको छ । यसै क्रममा शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एभेरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले गत साता बुधबार मात्रै हस्ताक्षर पनि गरिसकेको छ ।
तर कम्पनीको उक्त ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता अर्थात् छ सय प्रतिशत हकप्रद शेयर बिक्री पश्चात पनि कम्पनीको चुक्ता पुँजी भने ८५ करोड ५ लाख रुपैयाँ मात्र पुग्ने छ । चुक्ता पूँजी ८५ करोड ५ लाख पुग्नेछ ।
लामो समय विवादमा फसेर स्वस्थ बन्दै गरेको कम्पनीले विगतको जस्तो समस्या झेल्न नपरेको अवस्थामा प्रगतिको क्रमलाई राम्राे बनाउँदै लैजाने देखिन्छ ।
साथै यस कम्पनीको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? कम्पनीको आर्थिक बर्षहरु २०७३/७४ र २०७२/७३ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन र विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
सेयरअपडेटनेपाल: शनिबार १० भदौ २०७४