Saturday, July 8, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को प्रस्तावित २०% बोनस (BONUS) सेयर बाँडफाँड पश्चात ६००% हकप्रद (RIGHT) को प्रस्ताव पारित !

एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्षहरु ०६८/०६९, ०६९/०७०, ०७०/०७१, ०७१/०७२ र ०७२/०७३ गरी ५ बर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारण सभा एकसाथ एकै पटक यही असार २३ गते हिजो शुक्रबार आफ्नो बार्षिक साधरण सभा सम्पन्न गरेको छ । उक्त साधरण सभाबाट कम्पनीका सदस्यहरुलाई आर्थिक वर्ष २०७२ /०७३ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम दुइ करोड दुइ लाख ५० हजार रुपैयाँ बोनस सेयर तथा बोनास सेयर कर वापतको प्रयोजनार्थ दश लाख ६५ हजार सात सय ८९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ । साथै, पूँजी बृद्धि सम्बन्धमा माथि प्रस्तावित बोनस सेयर बाँडफाँड पश्चात हुने चुक्त पूँजी १२ करोड १५ लाख रुपैयाँको एक भागको ६ भागका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ShareUpdateNepal
एभरेष्ट इन्स्योरेन्सको गत असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी २० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै उत्कृष्ट सेवा दिदै अघि बढ्ने जनाउँदै कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त गरेको छ । यसै साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ९ देखि असार २३ सम्म बुक क्लोज गरेको थियो भने असार ८ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिएका थिए ।

सभाले पारित अनुसार अब सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयर संख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनस स्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त हकप्रद प्रस्ताव साधारणसभाले पारित गरिसके पछि पनि अब बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

सबै निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी २०७५ असार मसान्तसम्ममा न्यूनतम एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुइ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ पैसा छ । हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पूँजी ८५ करोड पाँच लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

आफ्नो सेयर मूल्यलाई नै प्रभाव पार्ने गरी कम्पनीले बोनस, हकप्रद जारी हुनु अर्थात साधारण सभा हुनु अघि संवेदशील सूचना पहिले नै चुहावट गरेको उजुरी धितोपत्र बोर्डमा परेपछि बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो र नेप्सेले सोही अनुरुप असार ६ मंगलबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य दुई हजार छ सय रुपैंयाको हाराहारीमा पुगेको थियो र अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर असार १ विहीबार मात्र तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो भने कारोबार रोक्का गरेको अघिल्लो दिन असार ५ गते सोमबारमात्र १५ करोड ६० लाख रुपैयाँ बराबर भन्दा बढी करिब ५२ हजार सेयर कित्ताको ८ सय ७४ संख्यामा कारोबार भएको थियो ।

धितोपत्र बोर्डका अनुसार कारोबार रोक्का गरेको दुई/तीन दिनमा कम्पनीको खुल्ला हुने भनेता पनि ढिलाई हुन थाले पछि असार ११ गते आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ जस अनुसार कम्पनीको सामायोजित सेयर मूल्य अब २,४४२ रुपैयाँ भएको छ भने आधारभूत मूल्य १,३९२ रुपैयाँ भएको छ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २,९३० रुपैयाँमा बन्द भएको थियो । त्यसपछि असार १५ गते विहीबार मात्र कम्पनीको सेयर कारोबार खुल्ला गरेको छ । सेयर कारोबार खुल्ला भए पश्चात यसै साताको अन्तिम दिन बिहिबार असार २२ गते नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,३०० रुपैयाँबाट शुरु हुँदै २,३५० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २,३४९ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny