Monday, July 3, 2017

पूर्णिमा विकास बैंक (PURBL) को २५% हकप्रद (RIGHT) खुल्यो, सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

पूर्णिमा विकास बैंक लिमिटेड (Purnima Bikas Bank Ltd., PURBL) ले २०७४ साल असार १९ गते सोमबारदेखि २५ प्रतिशत अर्थात २५% हकप्रद (Right) सेयर निष्कासन तथा बिक्री आवेदन खुल्ला गरेको छ । बैंकको चार कित्ता साधारण सेयर बराबर नयाँ एक कित्ता साधारण सेयर (४:१) को अनुपातमा हुने आठ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका मूल्यमा आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरण गर्दै छ । बैंकको पुस २३ गते सम्पन्न नवौं साधारणसभाले २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । २५ प्रतिशत हकप्रद बिक्री पछि बैंकको सेयरमूल्य समायोजन ३४० रुपैयाँ कायम भएको छ । बैंकको औसत आधारमूल्य ३६२ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई २६% बोनस पनि वितरण गरिसकेको छ ।


यस हकप्रद प्रयोजनका लागि बैंकको सञ्चालक समिति बैंठकले गत मिति २०७४ साल जेठ १६ गते मंगलबार नै सेयरधनी दर्ता पुस्तिका समेत बन्द गरिसकेको छ । यसको अर्थ जेठ १५ गते सोमबारसम्म बैंकको सेयर किनेर कारोबार भई नेपाल स्टक एक्सचेन्ज लि.मा बैंकको सेयरमा आफ्नो नाममा नामसारी गरी स्वामित्व कायम गरेका साविक शेयरधनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । यसरी बैंकको यस हकप्रद सेयरमा मिति २०७४ साल जेठ १५ गते सोमसम्म सेयर किनी सकेका कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको यो हकप्रद सेयर आगामी साउन २२ गते आइतबारसम्म भरी सक्नुपर्ने छ ।

हाल तेस्रो त्रैमाससम्ममा पूर्णिमा विकास बैंकको चुक्तापूँजी ३५ करोड २३ लाख ८५ हजार १३१.६७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले २५% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप २५% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । बैंकको सेयर असार १९ गते सोमबार नेप्सेमा प्रतिकित्ता २९२ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २८५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा गत बर्षभन्दा खुद नाफा ७९.६२ प्रतिशतले बढाएर सात करोड ५३ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ ५२ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८३ पैसा छ ।

बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दै छ । लगानीकर्ताले बैंकको हकप्रद सेयर सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौं र सिद्धार्थ बैंकको देशभरिका सबै शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिने छ । यसैगरी, लगानीकर्ताले पूर्णिमा विकास बैंकको भैरहवा, रुपन्देहीलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रद दरखास्त फारम प्राप्त गरि भर्न र बुझाउन सक्नेछन् ।

पूर्णिमा विकास बैंकको आइतबारदेखि निष्काशन गरेको यस हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

साथै यस बैंकको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny