Saturday, July 1, 2017

२१४ प्रतिशतले भारी मात्रामा हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहाल्ने कि?

कन्काई विकास बैंक लि. (Kankai Bikas Bank Ltd., KNBL) ले दुई सय १४ प्रतिशत (२१४%) अर्थात एक बराबर दुई दशमलव १४ (२:१.१४) अनुपातमा एक सय रुपियाँ अंकित दरको ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । बैंकले आगामी असार १९ गते सोमबार यसै हकप्रद सेयर प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसको अर्थ असार १८ गते भोलि आइतबारसम्म बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरी सकेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात् कम्पनीको यस हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले बुक क्लोज हुनुभन्दा अघिल्लो दिन आगामी असार १८ गते भोलि आइतबारसम्म बैंकको सेयर किनी सकेको हुनुपर्नेछ ।


हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस विकास बैंकले एक देखि तीन जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकले चालु आर्थीक बर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको निर्देशन अनुसार ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने भएपछि भारी मात्रामा हकप्रद सेयर विक्री गर्न लागेको हो । बैंकको हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ४७ करोड १० लाख पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरेर भएपनि कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउनु पर्ने देखिन्छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा तीन करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६६ पैसा छ । बैंकको सेयर असार १४ गते यो साता बुधबार नेप्सेमा प्रतिकित्ता ५६० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि ५५५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत (२०%) बोनस र कर प्रायोजनार्थ १३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ बराबरको एक दशमलव ३१५ प्रतिशत (१.३१५%) नगद समेत वितरण गरी सकेको छ ।

बैंकले एक बराबर दुई दशमलव १४ अनुपातमा एक सय रुपियाँ अंकित दरको ३२ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको यस विकास बैंकको उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ । २१४ प्रतिशत हकप्रद जारीपछि पूँजी वृद्धि अनुसार आम्दानी बढ्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी निकै कम हुने हुनाले हकप्रदको आशमा उचालिएर बैंकको सेयर किन्नु घातक हुनसक्छ । 

किन्दै हुनुहुन्छ त यस विकास बैंकको सेयर ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny