Tuesday, July 4, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात १० बराबर चार अनुपातमा हकप्रद निष्काशन गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले आगामी असार २७ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ । यसको अर्थ असार २६ गते सोमबारसम्म बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात बैंकको हकप्रद सुरक्षित गर्न ईच्छुक लगानीकर्ताले आगामी २६ गते सोमबारसम्म बैंकको सेयर किनी सकेको हुनुपर्नेछ ।


सेन्चुरीले हाल कायम पूँजीको १० बराबर चार अनुपातमा हुने एक अर्ब ८८ करोड ५४ लाख २५.७ हजार रुपैंया बराबरको एक सय रुपैयाँ अंकित मूल्यको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद जारी गर्देछ । बैंकले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले कहिलेदेखि हकप्रद निष्काशन हुने भन्ने खुलाएको छैन । बैंकको गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर दिइसकेको छ । देशकै कान्छो यो वाणिज्य बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । मर्जरपछि कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

यो बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया जारी छ । सेती फाइनान्स प्राप्ति प्रकृया पनि अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ। बैंकका अनुसार हालै मर्जर सम्पन्न भएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । पाँचवटै संस्था मर्जर तथा ४० प्रतिशत हकप्रद समेत बिक्री गरेपछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ । बैंकको सेयर असार २० गते मंगलबार नेप्सेमा प्रतिकित्ता ३७० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि ३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny