Sunday, July 2, 2017

गुडविल फाइनान्स (GFCL) को ६०% हकप्रद (RIGHT) खुल्यो, सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गुडविल फाइनान्स लिमिटेड (Goodwill Finance Company Ltd, GFCL) ले २०७४ साल असार १८ गते आइतबारदेखि ६० प्रतिशत अर्थात ६०% हकप्रद (Right) सेयर निष्कासन तथा बिक्री आवेदन खुल्ला गरेको छ । फाइनान्सको १० कित्ता साधारण सेयर बराबर नयाँ ६ कित्ता साधारण सेयर (१०:६) को अनुपातमा हुने २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका मूल्यमा २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरण गर्दै छ । ६० प्रतिशत हकप्रद बिक्री पछि फाइनान्सको सेयरमूल्य समायोजन २२४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य २६५ रहेको छ।


यस हकप्रद प्रयोजनका लागि गुडविल कम्पनीको सञ्चालक समिति बैंठकले गत मिति २०७४ साल असार २ गते शुक्रबार सेयरधनी दर्ता पुस्तिका समेत बन्द गरिसकेको छ । यसको अर्थ असार १ गते विहीबारसम्म गुडविलको सेयर किनेर कारोबार भई नेपाल स्टक एक्सचेन्ज लि.मा गुडविलको सेयरमा आफ्नो नाममा नामसारी गरी स्वामित्व कायम गरेका साविक शेयरधनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । यसरी गुडविलको यस हकप्रद सेयरमा मिति २०७४ साल १ गते विहीबारसम्म सेयर किनीसकेका कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । फाइनान्सको यो हकप्रद सेयर आगामी साउन २२ गते आइतबारसम्म भरी सक्नु पर्ने छ ।

हाल तेस्रो त्रैमाससम्ममा गुडविल फाइनान्सको चुक्तापूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन गुडविलले ६०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट गुडविलको चुक्तापुँजी थप ६०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात फाइनान्सको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ । गुडविलले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप सात करोड ४० लाख रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । गुडविल फाइनान्सको सेयर असार १८ गते आइतबार नेप्सेमा प्रतिकित्ता २११ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २१० रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

गुडविल फाइनान्सले चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा पाँच करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गुडविलको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २६ पैसा छ ।

फाइनान्सको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्दै छ । फाइनान्सको हकप्रद सेयर एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौंका साथै नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा कार्यालयहरु बीरगञ्ज, बिराटनगर, चिप्ले ढुंगा पोखरा, बुटवल र धनगढीबाट आवेदन फारम भर्न र बुझाउन सकिने छ । त्यसै गरी गुडविल फाइनान्सको केन्दीय कार्यालय, हात्तिसार, कमलपोखरी, काठमाडौ तथा सबै शाखा कार्यालयहरु, डिल्लीबजार, इन्द्रचोक, भक्तपुरको तौमदी, ललितपुरको कुमारीपाटी, सुनसरीको इटहरी, झापाको विर्तामोड, नेपालगंज बाँके, दाङ घोराही, इलाम प्रकाशपथ र फिदीम मेनरोडबाट पनि हकप्रद दरखास्त फारम फारम प्राप्त गरि भर्न र बुझाउन सक्नेछन् ।

गुडविल फाइनान्सको आइतबारदेखि निष्काशन गरेको यस हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

साथै यस फाइनान्सको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? गुडविलको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny