Thursday, July 27, 2017

अझै कुन कुन बैकलाई समस्या आठ अर्ब पूँजी पुर्याउन ? कतिसम्म बोनस दिन सक्छ त? (तालिका सहित)

राष्ट्र बैंकले तोकको आठ अर्व चुक्ता पूँजी पुर्याउन अझै केही बाणिज्य बैकलाई मुस्किलको सामाना गर्नुपरेको देखिएको छ । चारवटा वाणिज्य बैंकहरुले चुक्तापूँजी आठ अर्ब नघाएर ढुक्कले कारोबार बिस्तारमा ध्यान केन्द्रित गर्दा एक दर्जन भन्दा बढी बैक चुक्तापूँजीकै चिन्तामा रुमल्लिएका देखिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । यस व्यवस्था अनुसार वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने चौथो त्रैमासिक वित्तीय बिवरणमा चुक्ता पूँजी आठ अर्ब रुपैंया पु्गेको हुनु पर्ने हो । तर एक दर्जन बाणिज्य बैकहरुले चौथो त्रैमासको वित्तीय बिवरणमा त्यसलाई स्पष्ट पार्न नसक्ने देखिएको छ ।


राष्ट्र बैंकले चुक्ता पूँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दा तोकिएको पूँजी पुगेको व्यहोरा लेखा सम्बन्धि टिप्पणीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको छ । यो ब्यवस्था अनुसार असार मसान्तसम्म पूँजी नपुगेको खण्डमा बाँकी पूँजीको स्रोत पनि प्रष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB), सेयर बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंक (RBB), ग्लोबल आईएमई बैंक (GBIME) र नेपाल बैंक (NBL) को चुक्ता पूँजी आठ अर्ब माथि पुगिसकेको छ ।

उल्लेखित तालिकाको क्रम संख्या १२ सम्मका बैंकहरुले बोनसबाटै पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएका छन् । तर एनआईसी एशिया (NICA), हिमालयन (HBL), प्राइम (PCBL), नबिल (NABIL) र स्टाण्डर्ड चार्टर्डले (SCB) आठ अर्ब पूजी पुर्याउन कुनै विकल्प अघि सारेका छैनन् । यसको अर्थ यी बैंकहरुले कमाई तथा जगेडाको सदुपयोग गरेरै बोनस बाँडेर पूँजी आठ अर्ब पुर्याउन खोजेको देखिन्छ ।

सिद्धार्थ बैंक (SBL) ले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र नपुगेको पूँजी जगेडा कोषबाट जुटाउने रणनीति बनाएको देखिन्छ । माछापुछ्रे बैंक (MBL) ले पनि अहिले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद पछि अपुग पूँजी जगेडा कोषबाट थप्ने लक्ष्य लिएको देखिन्छ । एनएमबी बैंक (NMB) ले थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत भएको खण्डमा एक अर्ब १४ करोडले पूँजी बिस्तार गर्ने र त्यसबाट नपुगेको पूँजी बोनसबाट पुर्याउन खोजेको देखिन्छ ।

कुमारी बैंक (KBL) ले अहिले कायम पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रदपछि बाँकी रहने पूँजी पनि बोनसबाटै पुर्याउनु पर्ने हुन्छ । बैंक अफ काठमाण्डु (BOKL) झण्डै ६२ करोड रुपैंयाको थप नयाँ संस्थापक सेयर (एफपीओ) निष्काशन गर्ने प्रकृयामा छ । उक्त सेयर निष्काशन भएपछि कायम हुने पूँजीलाई १७६ अर्ब रुपैयाको बोनसबाट आठ अर्ब पुर्याउने लक्ष्यमा वैंक रहेको भएपनि संस्थापक एफपीओ निस्कासन सम्बन्धि कानून नभएकाले उस्को प्रस्ताव अन्यौलमा परेको छ ।

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले साउन १६ देखि ४० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रदपछि सेती फाइनान्स (SETI) र अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL) आफूमा विलय गराएर प्राप्त हुने रकममा अपुग हुने १७ करोड हाराहारीको रकम बोनस वितरण गरेर आठ अर्बको पूँजी तयार पार्दै छ ।

मेगा बैक (MEGA) ले ६५ प्रतिशत हकप्रद सेयर जारीबाट गर्ने र टुरिजम डेभलपमेण्ट बैँक (TDBL) सँगको मर्जर पश्चात चुक्ता पूँजी आठ अर्ब माथि पुर्याउने लक्ष्य लिएको छ ।

एनसीसी बैक (NCCB) ले ५० प्रतिशत हकप्रद निष्काशन गरेर पनि एक अर्ब बराबरको बोनस वितरण गर्दा मात्र आठ अर्ब रुपैंयाको पूँजी तयार हुन्छ ।

एभरेष्ट बैंक (EBL) ले अहिले निष्काशन गरिरहेको ३० प्रतिशत हकप्रद पश्चात पनि दुई अर्ब १२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । मर्जरको प्रकृयाका सम्बन्धमा हल्लामात्र बढी भएकाले बैंकले के गर्छ भन्न सक्ने अवस्था छैन ।

स्टाण्डर्ड चार्टर्ड (SCB) ले निष्काशन गरेको एफपिओको प्रिमियमबाट पूँजी दोब्बर बनाउने उद्घोष गरेको छ । यो बाहेक उसँग अन्य विकल्प छैन ।

ShareUpdateNepal: 2017 July 27th

(श्रोत नेपाल राष्ट्र बैंक; मेरो लगानी)


यो पनि हेर्ने कि ?

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

बिष्तृत जानकारी लिंक

No comments:

Post a Comment

AddToAny