Showing posts with label Details. Show all posts
Showing posts with label Details. Show all posts

Thursday, July 27, 2017

अझै कुन कुन बैकलाई समस्या आठ अर्ब पूँजी पुर्याउन ? कतिसम्म बोनस दिन सक्छ त? (तालिका सहित)

राष्ट्र बैंकले तोकको आठ अर्व चुक्ता पूँजी पुर्याउन अझै केही बाणिज्य बैकलाई मुस्किलको सामाना गर्नुपरेको देखिएको छ । चारवटा वाणिज्य बैंकहरुले चुक्तापूँजी आठ अर्ब नघाएर ढुक्कले कारोबार बिस्तारमा ध्यान केन्द्रित गर्दा एक दर्जन भन्दा बढी बैक चुक्तापूँजीकै चिन्तामा रुमल्लिएका देखिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । यस व्यवस्था अनुसार वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने चौथो त्रैमासिक वित्तीय बिवरणमा चुक्ता पूँजी आठ अर्ब रुपैंया पु्गेको हुनु पर्ने हो । तर एक दर्जन बाणिज्य बैकहरुले चौथो त्रैमासको वित्तीय बिवरणमा त्यसलाई स्पष्ट पार्न नसक्ने देखिएको छ ।


राष्ट्र बैंकले चुक्ता पूँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दा तोकिएको पूँजी पुगेको व्यहोरा लेखा सम्बन्धि टिप्पणीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको छ । यो ब्यवस्था अनुसार असार मसान्तसम्म पूँजी नपुगेको खण्डमा बाँकी पूँजीको स्रोत पनि प्रष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB), सेयर बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंक (RBB), ग्लोबल आईएमई बैंक (GBIME) र नेपाल बैंक (NBL) को चुक्ता पूँजी आठ अर्ब माथि पुगिसकेको छ ।

उल्लेखित तालिकाको क्रम संख्या १२ सम्मका बैंकहरुले बोनसबाटै पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएका छन् । तर एनआईसी एशिया (NICA), हिमालयन (HBL), प्राइम (PCBL), नबिल (NABIL) र स्टाण्डर्ड चार्टर्डले (SCB) आठ अर्ब पूजी पुर्याउन कुनै विकल्प अघि सारेका छैनन् । यसको अर्थ यी बैंकहरुले कमाई तथा जगेडाको सदुपयोग गरेरै बोनस बाँडेर पूँजी आठ अर्ब पुर्याउन खोजेको देखिन्छ ।

सिद्धार्थ बैंक (SBL) ले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र नपुगेको पूँजी जगेडा कोषबाट जुटाउने रणनीति बनाएको देखिन्छ । माछापुछ्रे बैंक (MBL) ले पनि अहिले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद पछि अपुग पूँजी जगेडा कोषबाट थप्ने लक्ष्य लिएको देखिन्छ । एनएमबी बैंक (NMB) ले थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत भएको खण्डमा एक अर्ब १४ करोडले पूँजी बिस्तार गर्ने र त्यसबाट नपुगेको पूँजी बोनसबाट पुर्याउन खोजेको देखिन्छ ।

कुमारी बैंक (KBL) ले अहिले कायम पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रदपछि बाँकी रहने पूँजी पनि बोनसबाटै पुर्याउनु पर्ने हुन्छ । बैंक अफ काठमाण्डु (BOKL) झण्डै ६२ करोड रुपैंयाको थप नयाँ संस्थापक सेयर (एफपीओ) निष्काशन गर्ने प्रकृयामा छ । उक्त सेयर निष्काशन भएपछि कायम हुने पूँजीलाई १७६ अर्ब रुपैयाको बोनसबाट आठ अर्ब पुर्याउने लक्ष्यमा वैंक रहेको भएपनि संस्थापक एफपीओ निस्कासन सम्बन्धि कानून नभएकाले उस्को प्रस्ताव अन्यौलमा परेको छ ।

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले साउन १६ देखि ४० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रदपछि सेती फाइनान्स (SETI) र अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL) आफूमा विलय गराएर प्राप्त हुने रकममा अपुग हुने १७ करोड हाराहारीको रकम बोनस वितरण गरेर आठ अर्बको पूँजी तयार पार्दै छ ।

मेगा बैक (MEGA) ले ६५ प्रतिशत हकप्रद सेयर जारीबाट गर्ने र टुरिजम डेभलपमेण्ट बैँक (TDBL) सँगको मर्जर पश्चात चुक्ता पूँजी आठ अर्ब माथि पुर्याउने लक्ष्य लिएको छ ।

एनसीसी बैक (NCCB) ले ५० प्रतिशत हकप्रद निष्काशन गरेर पनि एक अर्ब बराबरको बोनस वितरण गर्दा मात्र आठ अर्ब रुपैंयाको पूँजी तयार हुन्छ ।

एभरेष्ट बैंक (EBL) ले अहिले निष्काशन गरिरहेको ३० प्रतिशत हकप्रद पश्चात पनि दुई अर्ब १२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । मर्जरको प्रकृयाका सम्बन्धमा हल्लामात्र बढी भएकाले बैंकले के गर्छ भन्न सक्ने अवस्था छैन ।

स्टाण्डर्ड चार्टर्ड (SCB) ले निष्काशन गरेको एफपिओको प्रिमियमबाट पूँजी दोब्बर बनाउने उद्घोष गरेको छ । यो बाहेक उसँग अन्य विकल्प छैन ।

ShareUpdateNepal: 2017 July 27th

(श्रोत नेपाल राष्ट्र बैंक; मेरो लगानी)


यो पनि हेर्ने कि ?

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

बिष्तृत जानकारी लिंक

Sunday, July 16, 2017

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

राष्ट्र बैंक भन्छ, असोज मसान्तसम्म न्युनतम चुक्ता पुंजी कायम नगरे कारवाही


नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई न्युुनम चुक्ता पूँजी कायम गर्न दिएको समय सिमा सकिएको छ ।

राष्ट्र बैंकले दुुई बर्ष अघि अर्थात गर्भनर पदमा डा. चिरञ्जीवी नेपाल नियुुक्त भएसंगै बाँणिज्य बैंकहरुलाई न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पूँजीबाट बृद्धि गरी २०७४ असार मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार बैंकहरुले बोनस, हकप्रद, मर्जर र प्राप्ती मार्फत पूँजी बृद्धि गरेको भएपनि हालसम्म पाँच वटा बैंकले मात्र आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुुसार कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक सहित पाँच वटाको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ नाघेको छ ।


जेठ मसान्तसम्मको बित्तीय बिवरणलाई आधार मानेर राष्ट्र बैंकले साउन एक गते आज आईतबार बैंकहरुको पछिल्लो चुक्ता पूँजी सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार कृषि बिकास बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको नौ अर्ब ९५ करोड, राष्ट्रिय बाँणिज्य बैंकको आठ अर्ब ५८ करोड ९० लाख र ग्लोवल आईएमई बैकको आठ अर्ब २३ करोड रुपैयाँ पुुगेको छ । जेठ मसान्तसम्म सात अर्ब ४५ करोढ ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको नेपाल बैकले पनि असारको मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ ।

२०७४ को असार मसान्तसम्ममा आठ वटा बाँणिज्य बैंकको चुक्ता पूँजी भने छ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा नविलको छ अर्ब १८ करोड ५५ लाख, हिमालयन बैंकको छ अर्ब ४९ करोड १६ लख, कुमारी बैंकको छ अर्ब १५ करोड ८० लाख, सिटिजन्स बैंकको छ अर्ब ८५ करोड, प्राईमको छ अर्ब ३२ करोड, माछापुच्छ्रेको छ अर्ब ४९ करोड, एनएमबी बैंकको छ अर्ब ४१ करोड र जनता बैंकको चुक्ता पूँजी छ अर्ब २४ करोड रुपैयाँ पुुगेको छ ।

यि बाहेक आठ वटा बैंकको चुक्ता पूँजी भने पाँच अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सो अवधिमा सेञ्चुरी कर्मसियल बैंकको पाँच अर्ब ४६ करोड, सानिमा बैंकको पाँच अर्ब ३० करोड, एनआईसी एशिया बैंकको पाँच अर्ब ८१ करोड, प्रभुु बैकको पाँच अर्ब ८८ करोड, सिद्धार्थ बैंकको पाँच अर्ब २८ करोड, बैंक अफ काठमाडौको पाँच अर्ब ६२ करोड, सिभिल बैंकको पाँच अर्ब १० करोड र सनराईज बैंकको पाँच अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित थप छ वटा बैंकको चुक्ता पूँजी भने चार अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंक मध्येमा सबै भन्दा कम चुक्ता पूँजी भने लक्ष्मी बैंकको रहेको छ । एभरेष्ट बैंकसंग मर्जरको चर्चा चलेको लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड रुपैयाँको हाराहारीमा रहेको छ भने एभरेष्ट बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

यता राष्ट्र बैंकले भने न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय २०७४ असार मसान्त भएपनि चालुु आ.व.को असोज मसान्तसम्म सहुलियत समय थप गरेको र सो अवधिमा पनि तोकेको चुक्ता पूँजी नपुरयाए कारवाही गर्ने चेतावनी दिएको छ ।

कुुन बैंकको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !
(श्रोत नेपाल राष्ट्र बैंक; न्यूज अभियान)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो बिष्तृत तथ्यांक हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

Saturday, June 24, 2017

नेपाल एसबिआई बैंक (SBI) को ४०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

नेपाल एसबिआई बैंक लि. (Nepal SBI Bank Ltd., SBI) ले गत २०७४ साल जेष्ठ ७ गते आइतबारदेखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


एसबिआई बैंकको चालिस प्रतिशत (४०%) हकप्रद छ। एसबिआईको १० कित्ता साधारण सेयर बराबर नयाँ ४ कित्ता साधारण सेयर (१०:४) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २६ गते मंगलबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख २५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

एसबिआईको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र यसका लागि एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं तथा नेपाल एसबीआई बैंकको केन्द्रिय कार्यालय केशरमहल, लैनचौर, काठमाडौं एबं नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौं सहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिने छ । एसबीआई मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ ।

नेपाल एसबिआई बैंकको अहिले ४ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एसबिआईले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा रहेको एसबिआईको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ । बैंकले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपैयाँ दरले कुल ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओको भने बाँडफाँट भईसकेको छ । एफपीओमा लगानी गरेकाले समेत यो हकप्रद भर्न सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २८% बोनस सेयर पनि दिइसकेको छ ।

यस बैंकको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता ९२५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

नेपाल एसबिआई बैंक (SBI) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

किन्दै हुनुहुन्छ त यस बैंकको सेयर ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

गोर्खाज फाइनान्स (GUFL) को ५०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गोर्खाज फाइनान्स लि. (Gurkhas Finance Ltd., GUFL) ले गत २०७४ साल जेष्ठ १ गते सोमबार देखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


गोर्खाज फाइनान्सको पच्चास प्रतिशत (५०%) हकप्रद छ। गोर्खाजको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २० गते बुधबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख १९ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

गोर्खाजको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ र यसका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौं तथा शाखा कार्यालयहरु, बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्य विनायक, धरान, इटहरी, दमक, बिर्तामोड, नारायणगढ, जनागल र रवि (पाँचथर) मा रहेका शाखा कार्यालय एबं नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु बीरगन्ज, विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगन्ज र धनगढीबाट समेत आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

गोर्खाज फाइनान्सको अहिले ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७४ पैसा छ ।

यस फाइनान्सको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता १९२ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

गोर्खाज फाइनान्स (GUFL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स 

किन्दै हुनुहुन्छ त यस फाइनान्सको सेयर ? लगानी गर्नु पूर्व र यस फाइनान्सको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? फाइनान्सको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Tuesday, June 13, 2017

ज्योति बिकास बैंक (JBBL) को १००% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति बिकास बैंक (Jyoti Bikas Bank Ltd., JBBL) को इच्छुक शेयरधनीले शतप्रतिशत (१००%) अर्थात १ बराबर १ (१: १) अनुपात हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।

२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त बैंकको प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ । २०७४ साल वैशाख १४ गते बिहिबारदेखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७४ वैशाख १३ गते बुधबारसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा सिद्दार्थ क्यापिटल, नक्साल र ज्योतिको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि भरेर बुझाउन सक्ने छन।

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात ज्योति बिकास बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। २०७४ असार मसान्त भित्र राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत बैंकले हालै मात्र राप्तिभेरीलाई प्राप्ति गर्ने सहमति गरेको छ। 

ज्योतिले तेस्रो त्रैमासमा दुई गुणा बढीले कमाई बढाएको वित्तीय विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ८ करोड २० लाख रुपैयाँ कमाई गरेको ज्योतिले यस अवधिमा १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

ज्योति बिकास बैंक (JBBL) को हाल निष्काशन भैरहेको हकप्रद शेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

सिद्धार्थ इन्स्योरेन्स (SIL) को १९.२३% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (Siddhartha Insurance Ltd., SIL) को शेयरधनीले ५.२ बराबर १ अर्थात १९.२३ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।


२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त कम्पनीको चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैयाँको १९.२३ प्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । २०७४ साल वैशाख १७ गते आइतबारदेखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७४ वैशाख १७ गते भन्दा भन्दा अघिल्लो दिनसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

कति सम्म भर्ने कसरी थाहा पाउने ?
कम्पनीको १९.२३ प्रतिशत अर्थात १९.२३% हकप्रद सेयर निष्कासन भन्नाले ५.२ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (५.२ :१) को अनुपात बुझिन्छ र सिद्धार्थ इन्स्योरेन्स वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हाल ४४ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको उक्त हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी को ५१ प्रतिशत संस्थापकको शेयर रहेको छ भने ४९ प्रतिशत सर्वसााधारणको रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स (SIL) को हाल निष्काशन भैरहेको हकप्रद शेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

फस्ट माइक्रोफाइनान्स (FMDBL) को ५०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (First Micro Finance Development Bank Ltd., FMDBL) को आफ्ना शेयरधनीलाई २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।


२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त कम्पनीको १०० रुपैयाँ अंकित दरले १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । गत साल २०७३ चैत्र ३० गते बुधबार देखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७३ चैत्र २९ गते मंगलबारसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा ग्लोबल आईएमई क्यापिटल जमल, फस्ट माइक्रोफाइनान्सका शाखा कार्यालयहरु र ग्लोबल आईएमई बैंकका शाखाहरु आर्दशनगर १३, बीरगंज, फुलबारी बजार इटहरी, भानुचोक जनकपुर, धनगढी कैलाली, पृथ्वीचोक पोखरा, त्रिभुवनचोक नेपालगंज र वि.पि. चोक, बुटवलबाट आवेदन दिन सकिनेछ ।

फस्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ७६ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ५१ दशमलव ५८ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक (FMDBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

Tuesday, May 23, 2017

कहीं तपाईंले सिद्धार्थ डेभलपमेण्ट बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? ६०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिद्धार्थ डेभलपमेण्ट बैंक (Siddhartha Develipment Bank Limited, SDBL)को ६०% हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बैंकका सेयरधनीले बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले बैशाख ७ गतेदेखि १०ः६ (१० बराबर थप ६ नयाँ कित्ता) अनुपातमा ८५ लाख १५ हजार ५.६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्त पुँजी पुर्याउनको लागि सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि ६०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा आवेदन दिन २०७३ फाल्गुन ७ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।  बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन्।

सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

६०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

कहीं तपाईंले नेपाल बंगलादेश बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? ८०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

नेपाल बंगलादेश बैंक (Nepal Bangladesh Bank, NBB)को ८०% हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बैंकका सेयरधनीले बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले बैशाख ७ गतेदेखि १०ः८ (१० बराबर थप ८ नयाँ कित्ता) अनुपातमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि बैंकले ३२ प्रतिशत बोनस सेयर दिइसकेको छ । राष्ट्र बैंकले तोकेको चुक्त पुँजी पुर्याउनको लागि नेपाल बंगलादेशले पनि ८०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा आवेदन दिन चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ( बार्षिक) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

८०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

कहीं तपाईंले नेपाल बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? २३.७४% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

नेपाल बैंक लिमिटेड (Nepal Bank Ltd.) को १० बराबर २ दशमलव ३७ अर्थात १०० कित्ता शेयर बराबर २३ दशमलव ७४ कित्ता हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन हो । बैंकको उक्त हकप्रदमा चैत २८ गतेसम्मका शेयरधनीले आवेदन दिन सक्नेछन् ।

नेपाल बैंक लिमिटेड (NBL) ले प्रतिशेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

यसअघि नै बैंकले हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।
को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

२३.७४% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट दिन सकिने बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १ सय ३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको बैंकले जनाएको छ ।

AddToAny