Thursday, August 10, 2017

के तपाईंको बोनस सेयर खातामा अझै आएन? कर तिर्नु पर्ने हो कि? कसरी थाहा पाउने त ? बिष्तृत जानकारीको लागि यहाँ विबरण हेर्नुहोस् !

गत आर्थिक बर्षमा बैंकहरुले वितरण गरेको बाेनस सेयर हितग्राही खातामा आएन ? त्यसो भए यी १३ बैंकको सेयर बोनस पाउने मितिमा किन्नुभएको छ ? यदि तपाईले उल्लेखित मितिमा सेयर किन्नुभएर बोनस सेयर पाउन योग्य हुनुहुन्छ भने बोनस सेयर बापत सिर्जना हुने कर दायित्व रकम सम्बन्धित कम्पनीले उल्लेख गरेको खातामा जम्मा गर्नुपर्ने छ । ती १३ वटा कम्पनी मध्येमा तपाइँको बैंक पनि परेको भए, त्यसको कर नतिरी तपाइँको खातामा बोनस सेयर आउँदैन ।


आर्थिक बर्ष २०७२/७३ मा बोनस वितरण गरेका तर बोनसमा लाग्ने कर वापतको नगद लाभांश साधारणसभाबाट पारित नगरेका १३ कम्पनीका सेयरधनीले बोनस वापतको कर तिरेपछि मात्र खातामा बोनस सेयर आउँछ । तीन वाणिज्य बैंक  १० विकास बैंक गरी अहिलेसम्म जम्मा १३ कम्पनीको सेयरधनीले बोनस वापतको कति रकम सम्बन्धित बैंकले तोकेको खातामा कर रकम तिर्न सूचना जारी गरिसकेका छन् । हेर्नुहोस् ती बैकहरु कुन कुन हुन् त अनि कहिले देखि कहिले सम्म सेयर खरिद गरे बापत कुन बैंकको बोनसमा कति कर तिर्नुपर्छ ।

गत आर्थिक बर्षमा बोनस वितरण गरेका तीनवटा बाणिज्य बैंक सनराईज (SRBL), ग्लोबल आईएमई (GBIME) र सेञ्चुरी (CCBL) का सेयरधनीले कर तिर्न सूचना जारी गरेका छन् । त्यस्तै १० वटा विकास बैंकहरु कैलाश (KBBL), मुक्तिनाथ (MNBBL), कामना (KMBL), ज्याेति (JBBL),  गरिमा (GBBL), देव (DBBL), हाम्रो (HAMRO), ओम (ODBL) र फेवा-गण्डकी (FBBL) र मर्जरपुर्वकाे महालक्ष्मी विकास बैंक (MLBL) ले समेत कर तिर्न सूचना जारी गरिसकेका छन् ।


यसरी कर तिर्न सूचना जारी गरेका बैंकका माथि उल्लेखित तालिकामा उल्लेखित मितिमा सेयर किनेर गत आर्थिक बर्ष २०७२/७३ मा वितरण गरेको बोनस सेयर प्राप्त गर्न योग्य सेयरधनीले बोनस सेयर वापत लाग्ने ५ प्रतिशत कर रकम माथि उल्लेखित सम्बन्धित रजिष्टारको कार्यालयमा सम्पर्क राखी तिरेपछि मात्र हितग्राही खातामा बोनस सेयर प्राप्त गर्न सक्दछन् । सो मितिभन्दा अगाडि सेयर किनेर बोनस पाउने सेयरधनीले भने बोनसमा कर तिर्नुपर्देन ।

सार्वजनिक कम्पनीहरुले आर्थिक बर्षको अन्तसँगै साधारणसभाबाट बोनस घोषणा गर्ने गर्दछन् । कम्पनीहरुले बोनस वापतको कर व्यवस्था नगरिदिँदा सानो रकम तिर्नको लागि नै सम्बन्धित बैंक तथा विक्री प्रबन्धक कहाँ पुगेर बोनसको कर तिनुपर्ने झण्झट आईलाग्ने गरेको हो । यसरी बोनस वापतको कर कम्पनीले नतिरिदिँदा सेयरधनी आफैले बोनस वापतको कर रकम तिरेपछि मात्र कम्पनीले घोषणा गरेको बोनस  हिताग्राही खातामा जम्मा हुने गर्दछ ।


पछिल्लो समय बोनस सेयर प्रदान गर्दा सेयरधनीको सजिलोको लागि कर प्रयोजनका लागि नगद लाभांश पनि साधारणसभाबाट पारित गर्ने चलन छ । तर अझैपनि कतिपय कम्पनीले कर बापतको रकम सेयरधनीलाई तिर्न लगाउने गरेका छन् । जसले जुम्लाका लगानीकर्ता १० कित्ता बोनसको कर तिर्न पनि काठमाडौ नै आउनुपर्ने बाध्यता छ ।

पैसा तिरेपछि तुरुन्तै हितग्राही खातामा सेयर आए त केही राहत हुनेथियो तर पैसा तिरेर निक्षेप सदस्य र सेयर रजिष्ट्रारको कार्यालयमा रसिद देखाएपछि पनि हप्तौ सेयर नआउँदा लगानीकर्ताहरुलाई हदैसम्मको सास्ती हुने गरेको छ ।

आफनो स्वार्थ पुरा गर्न लगानीकर्तालाई अनाबश्यक दुख दिने र विना वित्थाको आर्थिक भार थोपर्ने कम्पनीहरुलाई धितोपत्र बोर्ड र राष्ट्र बैंकले कस्न सकेका छैनन् । उनीहरु कम्पनीहरुको मनलाग्दीको रमिते मात्र बनिरहेका छन् ।

मर्जर वा एक्विजिशनमा गएका कम्पनीलाई राष्ट्र बैंकले दिएको आयकर र पूँजीगत लाभकरको छुट लगानीकर्तालाई सास्तीको कारक सावित भएको छ ।


हालसम्म जम्मा गर्नुपर्ने उक्त रकमबारे तपाईले तल उल्लेखित सम्बन्धित बैंकको लिंकबाट हेर्न सक्नुहुन्छ ।
सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत बोनसमा लाग्ने कर रकम निम्न लिंकमा क्लिक गरी यकिन गर्नुहोस् । सबैभन्दा पहिला सेयरधनीको पहिलो नाम भर्नुहोस् । त्यसपछि तपाईले सेयर डिम्याट गराईसक्नु भएको छ भने हितग्राही खाता (डिम्याट) नम्बर अथवा कागजी प्रमाणपत्र रहेका अथवा भर्खर मात्र डिम्याट गरेका लगानीकर्ताले सेयरधनी नम्बर राखेर खोज्नुहोस् ।

ग्लोवल आईएमई बैंकको १५.७६ प्रतिशत बोनसमा लाग्ने कर रकम थाहा पाउन निम्न लिंकमा क्लिक गरी खोज्नुहोस् । पहिला कम्पनी छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर चेक गर्न सक्नुहुन्छ ।

सनराईज बैंकको ३३.३३ प्रतिशत बोनसमा लाग्ने कर रकम सनराईज बैंक तथा सेयर रजिष्टार सनराईज क्यापिटलमा उपलब्ध नभएकाले यहाँ राख्न सकिएको छैन । बैंकले वितरण गरेको बोनसमा लाग्ने कर रकम बारे सेयरधनीले सनराईज बैंकको सबै शाखा कार्यालय तथा सेयर रजिष्ट्रार सनराईज क्यापिटलबाट अाफै गएर वा टेलिफाेनबाट समेत प्राप्त गर्न सकिने क्पापिटलले जनाएको छ ।

कैलाश विकास बैंकले प्रदान गरेको २५ प्रतिशत बोनसको तिर्नुपर्ने कर रकम निम्न लिंकमा क्लिक गरी थाहा पाउनुहोस् । पहिला कम्पनी छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर खाेजि गर्न सक्नुहुन्छ ।

ज्योति विकास बैंकको ११.६४ प्रतिशत बोनसको कर वापतको रकम कति तिर्ने, निम्न लिंकमा क्लिक गरी चेक गर्नुहोस् । पहिला कम्पनी ज्योति विकास बैंक छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर चेक गर्न सक्नुहुन्छ ।

मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनसको कर वापतको रकम कति तिर्ने, निम्न लिंकमा क्लिक गरी चेक गर्नुहोस् ।


ओम डेभलपमेन्ट बैंकको २९.२० प्रतिशत बोनसको कर कति तिर्नुपर्छ ? यस निम्न लिंकमा क्लिक गरी आफ्नो हितग्राही र सेयरधनीको नाम खोजेर कति बोनस वापतको कर तिर्नुपर्छ थाहा पाउन सक्नुहुन्छ ।

हाम्रो विकास बैंकको २५ प्रतिशत बोनसको कर तिर्नुभएको छैन भने यहाँबाट हेर्नुहोस्, तपाईले कति तिर्नुपर्छ ? यस निम्न लिंक क्लिक गरी खोलेर सेयरधनीको नाम तथा ठेगानाबाट कति रकम कर वापत बुझाउनुपर्छ हेर्न सक्नुहुन्छ ।

देव विकास बैंकको १४ प्रतिशत बोनसको कर रकम थाहा पाउन यस निम्न लिंक क्लिक गर्नुहोस् । सेयरधनीले यस लिंकमा गएर आफ्नो हितग्राही नम्बर तथा सेयरधनीको नामबाट तपाईले बोनस वापत तिर्नुपर्ने करको विबरणबारे जानकारी लिनुहोस् ।

कामना विकास बैंकको २१.५८ प्रतिशत बोनसको कर कति तिर्नुपर्छ भनेर चिन्तित हुनुहुन्छ ? निम्न लिंक क्लिक गरी हेर्नुहोस् । बोनस सेयरको कर वापतको रकम थाहा पाउन कागजी सेयर प्रमाणपत्र रहेका सेयरधनीले नाम र सेयरधनी नम्बरबाट खोज्न सक्नुहुन्छ । डिम्याट गरिसकेका सेयरधनीले निक्षेप सदस्य तथा हितग्राही खाता भरेर खोज्न सक्नुहुन्छ ।

फेवा विकास बैंकको २०.६० प्रतिशत बोनस वापतको कर रकम निम्न लिंक क्लिक गरी हेर्नुहोस् । साविकको फेवा हाल गण्डकी विकास बैंकको सेयरधनीले आफुले तिर्नुपर्ने कर वापतको रकम थाहा पाउन कागजी सेयर प्रमाणपत्र रहेका सेयरधनीले नाम र सेयरधनी नम्बर तथा डिम्याट गरिसकेका सेयरधनीले निक्षेप सदस्य तथा हितग्राही खाता भरेर खोज्न सक्नुहुन्छ ।

तपाईले साविक महालक्ष्मी विकास बैंकको ६.९० प्रतिशत बोनस वापत तिर्नुपर्ने कर रकम निम्न लिंक क्लिक गरी हेनुहोस् । जहाँ तपाईले आफ्नो हितग्राही खाता नम्बर वा नाम राखेर खाेजी तिर्नुपर्ने कर रकम थाहा पाउन सक्नुहुन्छ ।

गरिमा विकास बैंकले सेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनसको कर कति तिर्नुपर्छ भन्ने विवरण हेर्नका लागि यस निम्न लिंक क्लिक गरी हितग्राही खाता नम्बर तथा सेयरधनीको नामबाट बोनस वापतको कर विबरण हेर्नुहोस् ।

गरिमा विकास बैंक (GBBL) बोनस सेयर कर (TAX) लिंक

Source: merolagani, 1 Aug 2017

यो पनि पढ्ने कि !


No comments:

Post a Comment

AddToAny