Sunday, August 20, 2017

माछापुच्छ्रे बैंक (MBL) को १२ प्रतिशत हकप्रद (RIGHT) सेयर सुरक्षित गर्ने अवसर अब मात्र एक दिन बाँकी, यही साता भोलि बुधबार अन्तिम दिन, हेरिहाल्ने कि ? कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

माछापुच्छ्रे बैंक लि. (Machhapuchchhre Bank Ltd., MBL) ले २०७४ साल श्रावन ५ गते बिहीबारदेखि निष्कासन तथा आवेदन खुल्ला गरेको १२ प्रतिशत हकप्रद (Right) सेयर अब यही साता अन्तिम दिन भोलि बुधबार भदौ ७ गते नै सकिँदै छ । बैंकको प्रत्येक १० कित्ता साधारण सेयर बराबर थप १.२ नयाँ कित्ता (१०:१.२) को अनुपातमा हुने ७९ करोड १८ लाख ४४ हजार रुपैंया बराबरको एक सय रुपैयाँ अंकित दरका मूल्यमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरण गर्दै छ ।

ShareUpdateNepal

यस हकप्रद प्रयोजनका लागि बैंकले गत मिति २०७४ साल जेठ १६ गते मंगलबार सेयरधनी दर्ता पुस्तिका समेत बन्द गरिसकेको छ । यसको अर्थ जेठ १५ गते सोमबारसम्म बैंकको सेयर किनेर कारोबार भई नेपाल स्टक एक्सचेन्ज लि. मा बैंकको सेयरमा आफ्नो नाममा नामसारी गरी स्वामित्व कायम गरेका साविक सेयरधनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । यसरी बैंकको यस हकप्रद सेयरमा मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म सेयर किनीसकेका कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको यो हकप्रद सेयर यही साता भदौ ७ गते बुधबारसम्म भरी सक्नु पर्ने छ ।

ShareUpdateNepal

माछापुछ्रे बैंकले यसअघि पनि ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । बैंकले गत मंसिर १९ देखि माघ २ गतेसम्म हकप्रद बिक्री गरेको थियो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने तेस्रो त्रैमासमा यसको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले फेरि १२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप १२ प्रतिशत बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी चुक्ता पुँजी ७ अर्ब ३९ करोड ०५ लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।


राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट थप ६१ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । हाल बिक्रीमा रहेको १२ प्रतिशत हकप्रदलाई समायोजन गर्दा बैंकसंग १५ दशमलब ६ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने क्षमता रहेको छ। यद्दपी बैंकले १२ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात ८ दशमलब २५ प्रतिशत बोनस दिंदा पनि उसले सहजै चुक्ता पुंजी ८ अर्ब नघाउनेछ।

बैंकको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा थियो भने अहिले हालै प्रकाशित चौंथो त्रैमास आर्थिक विवरणमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानीको अनुपात १५ दशमलव ०२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव २९ प्रतिशत रहेको उल्लेख छ ।

माछापुछ्रे बैंकको यस हकप्रद सेयर लगानीकर्ता सेयरधनीहरुले बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंका साथै माछापुछ्रे बैंकको केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि दरखास्त फाराम प्राप्त गरि भर्ने र संगैको बैंकमा गएर नगद जम्मा भौचर प्राप्त गरि भर्नुका साथै लागेको आवश्यक नगद रकम जम्मा गरि कार्बन नक्कल एक प्रति समेत संग्लग्न गरि दुवै त्यहिं बुझ्न-बुझाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंकको यस हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

साथै यस बैंकको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्षहरु २०७३/७४ र २०७/७३ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

सेयरअपडेटनेपाल: मंगलबार  भदौ २०७४

No comments:

Post a Comment

AddToAny