Saturday, August 5, 2017

एभरेष्ट बैंक लि. (Everest Bank Ltd., EBL) को ३३% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने अवसर भोलि आइतबार अन्तिम दिन, हेरिहाल्ने कि ? कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

एभरेष्ट बैंक लिमिटेड (Everest Bank Ltd., EBL) ले २०७४ साल असार १८ गते आइतबारदेखि निष्कासन तथा आवेदन खुल्ला गरेको ३३ प्रतिशत अर्थात ३३% हकप्रद (Right) सेयर अब भोलि आइतबार अन्तिम दिन सकिँदै छ । बैंकको तीन कित्ता साधारण सेयर बराबर नयाँ एक कित्ता साधारण सेयर (३:१) को अनुपातमा हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक सय रुपैयाँ अंकित दरका मूल्यमा एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरण गर्दै छ । बैंकको गत साल २०७३ पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३% हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

ShareUpdateNepal

यस हकप्रद प्रयोजनका लागि एभरेष्ट बैंकले गत मिति २०७४ साल असार ७ गते बुधबार सेयरधनी दर्ता पुस्तिका समेत बन्द गरिसकेको छ । यसको अर्थ असार ६ गते मंगलबारसम्म एभरेष्ट बैंकको सेयर किनेर कारोबार भई नेपाल स्टक एक्सचेन्ज लि.मा बैंकको सेयरमा आफ्नो नाममा नामसारी गरी स्वामित्व कायम गरेका साविक शेयरधनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । यसरी बैंकको यस हकप्रद सेयरमा मिति २०७४ साल असार ६ गते मंगलबारसम्म सेयर किनीसकेका कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको यो हकप्रद सेयर आगामी साउन २२ गते आइतबारसम्म भरी सक्नु पर्ने छ ।


हाल तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६४ लाख २७ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३३% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३३% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप झन्डै करिब दुइ अर्ब रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । यसरी राष्टबैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी समयमै पुर्याउन यो बैंकलाई निकै ठूलो सकस हुने देखिन्छ । यही कारण एभरेष्टले मर्जर वा एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । लक्ष्मी बैंकसँग मर्जको प्रयास भइरहे पनि त्यसको सार्थकता पाउन सकिरहेको छैन । बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ । बैंकको सेयर असार १४ गते यो साता बुधबार नेप्सेमा प्रतिकित्ता १३९२ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

एभरेष्ट बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ चार पैसा छ ।

बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्दै छ । बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौंका साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् ।

एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको आन्तरिक प्रक्रिया चलिरहेको बताउने गरिए पनि यो सम्बन्धमा आधिकारिक जानकारी बाहिर आइसकेको छैन । एभरेष्ट बैंकले १००:३५ को सेयर स्वाप अनुपातमा लक्ष्मी बैंकलाई खरीद गर्न लागेको हल्ला अझै कम भएको छैन । 

यदि लक्ष्मी बैंकलाई खरीद गर्ने प्रक्रिया सफल भएन भने यो बैंकले करिब २ अर्ब बराबरको बोनस सेयर वितरण गरेर तोकिएको चुक्तापूँजी ८ अर्ब पुर्याउने बताइएको छ ।

एभरेष्ट बैंकको यस हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
साथै यस बैंकको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, बैंक विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny