Thursday, August 3, 2017

लौ हेरौं नमस्ते वित्तीय संस्थाको प्रगति - १ करोड ३६ लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा २३ प्रतिशतले वृद्धि !

नमस्ते वित्तीय संस्था लि. (Namaste Bittiya Sanstha Ltd., NBSL) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा एक करोड ३६ लाख ५९ हजार रुपैंयाँ कमाएको छ । गत वर्षको तुलनामा यो २३ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा झण्डै दोब्बरले पूँजी बढाएको यस संस्थाको कमाई यस पालि झिनो अंकले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नमस्ते वित्तीय संस्थाले एक करोड १० लाख ७१ हजार रुपैंयाँ खुद नाफा कमाएको थियो ।

ShareUpdateNepal

संस्थाले समिक्षा अवधिमा चार करोड ६५ लाख रुपैंयाँको चुक्ता पूँजी बढाएर आठ करोड ४० लाख रुपैंयाँ पुर्याएको छ । निक्षेप संकलनको आकार घटेको कम्पनीको कर्जा परिचालनमा सामान्य बढोत्तरी देखिएको छ । संस्थाको निक्षेपमा १५ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ३४ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट संस्थाले कर्जामा २६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । उसको खुद व्याज आम्दानी ४० प्रतिशतले बढेर दुई करोड चार लाख ५५ हजारबाट बढेर दुई करोड ८६ लाख ७१ हजार रुपैंया पुगेको छ ।

नमस्ते वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ४४ प्रतिशतबाट बढेर शुन्य दशमलव ७२ प्रतिशत पुगेको छ भने कष्ट अफ फण्ड ७ दशमलव ०७ प्रतिशतबाट ६ दशमलव ८१ प्रतिशतमा झरेको छ । संस्थाको प्रतिसेयर आम्दानी १६ रुपैंयाँ २६ पैसा  अर्थात् वार्षिक १६ दशमलव ४४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३३ दशमलव ८२ गुणाले बढी छ र पूँजीकोषको अनुपात ३३ दशमलव ४४ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ५१ दशमलव ५० प्रतिशत रहेको छ । कम्पनीको जगेडा कोषमा दुई करोड ५३ लाख ८६ हजार रुपैंयाँ सञ्चित छ । 

फाइनान्स वेष्टर्न डेभलपमेण्ट बैंकमा मर्ज हुने प्रकृयामा छ ।

नमस्ते वित्तीय संस्थाको आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
२०७४ साउन १९ बिहिबार, सेयरअपडेटनेपाल ।



यो पनि पढ्ने कि !



No comments:

Post a Comment

AddToAny