Tuesday, June 13, 2017

सिद्धार्थ इन्स्योरेन्स (SIL) को १९.२३% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (Siddhartha Insurance Ltd., SIL) को शेयरधनीले ५.२ बराबर १ अर्थात १९.२३ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।


२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त कम्पनीको चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैयाँको १९.२३ प्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । २०७४ साल वैशाख १७ गते आइतबारदेखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७४ वैशाख १७ गते भन्दा भन्दा अघिल्लो दिनसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

कति सम्म भर्ने कसरी थाहा पाउने ?
कम्पनीको १९.२३ प्रतिशत अर्थात १९.२३% हकप्रद सेयर निष्कासन भन्नाले ५.२ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (५.२ :१) को अनुपात बुझिन्छ र सिद्धार्थ इन्स्योरेन्स वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हाल ४४ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको उक्त हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी को ५१ प्रतिशत संस्थापकको शेयर रहेको छ भने ४९ प्रतिशत सर्वसााधारणको रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स (SIL) को हाल निष्काशन भैरहेको हकप्रद शेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

No comments:

Post a Comment

AddToAny