Friday, June 9, 2017

यी तीन कम्पनीहरुको हकप्रद सेयर भर्ने म्याद यही बुधबार सकिंदै ! कहीं छुट्टिनु त भएन कि ? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति विकास बैंक लि. (Jyoti Bikas Bank Ltd., JBBL), फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक लि. (First Microfinance Development Bank Ltd., FMDBL) र सिद्धार्थ इन्स्योरेन्स लि. (Siddhartha Insurance Ltd., SIL) यी तिनै कम्पनीले गत २०७४ साल बैशाख २८ गते बिहिबारदेखि निष्कासन तथा बिक्री खुला गरेका आ-आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल जेष्ठ ३१ गते बुधबार समाप्त हुँदैछ ।


ज्योतिको शत प्रतिशत (१००%), फर्स्टको पचास प्रतिशत (५०%) र सिद्धार्थको करिब बीस प्रतिशत (१९.२३%) हकप्रद छन् । ज्योतिको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद सेयर, फर्स्टको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद सेयर र सिद्धार्थको ५.२ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (५.२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । यी तिनै कम्पनीले आ-आफ्ना हकप्रद निष्काशनका लागि २०७४ साल वैशाख १४ गते बिहिबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी यी कम्पनीहरुको हकप्रद सेयर वैशाख १३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

ज्योति विकास बैंक (JBBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

ज्योतिको यस हकप्रद सेयर सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ र यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं तथा ज्योति विकास बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसै गरी फर्स्टको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ र यसका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नाचघर, जमल, काठमाडौं तथा फर्स्ट माइक्रोफाइनान्स बैंकको मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिने छ भने सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ र यसका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक (FMDBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

ज्योति विकास बैंकको अहिले १ अर्ब १० करोड ४३ लाख १७ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्नेछ । यसै गरी फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंकको अहिले २६ करोड ४५ लाख रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी साढे ३९ करोड रुपैंया नाघ्ने छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी अहिले ४४ करोड ८३ लाख पाँच हजार रुपैँया रहेको छ र हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स (SIL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

No comments:

Post a Comment

AddToAny