Tuesday, June 20, 2017

शत प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहाल्ने कि?

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. (Lumbini General Insurance Company Ltd., LGIL) ले शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी असार १३ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसको अर्थ असार १२ गते सोमबारसम्म लुम्बिनीको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात लुम्बिनीको हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले बुक क्लोज हुनुभन्दा अघिल्लो दिन आगामी असार १२ गते सोमबारसम्म इन्स्योरेन्सको सेयर किनीसकेको हुनुपर्नेछ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ २५ पैसा छ । कम्पनीको सेयर नेप्सेमा आज असार ६ गते मंगलबार प्रतिकित्ता १७७७ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १८ दशमलव १८ प्रतिशत बोनस दिई सकेको छ । चुक्ता पूँजी ३९ करोड रुपैयाँ रहेको लुम्बिनी जनरलको बोनस पश्चात कायम पूँजीमा शत प्रतिशत हकप्रदपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउन कम्पनीले २८ करोड रुपैंया पूँजी थप गर्नुपर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले धितोपत्रबोर्डबाट १००% हकप्रद सेयर बिक्री गर्ने अनुमति पनि पाइसकेको छ । इन्सुरेन्सको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिबिआईएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । क्यापिटलमार्फत कम्पनीले हाल कायम पूँजीको शत प्रतिशतले हुने एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्देछ ।

किन्दै हुनुहुन्छ त यस लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny