Friday, June 2, 2017

एनबि इन्स्योरेन्स (NBIL) को १००% हकप्रद (RIGHT) असार ५ गतेदेखि !

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेड (NB Insurance Company Ltd., NBIL) ले २०७४ साल असार ५ गते सोमबारदेखि शतप्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) नयाँ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै छ । गत वैशाख १४ गते नेपाल धितोपत्र बोर्डबाट यसरी हकप्रद निष्काशनको अनुमति पाएको एनबिले असार ५ गते सोमबारदेखि साउन ९ गते सोमबारसम्म उक्त अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्दै छ । एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्दै छ ।


हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । यसको बिष्तृत विवरणको लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

कम्पनीले जेठ ४ गते आईतबार नै सेयरधनी किताब बन्द गरी सकेकाले त्यसभन्दा अघिल्लो दिन जेठ ३ गतेसम्म सेयर किनेका कायम सेयरधनीले मात्र सो १०० प्रतिशत हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीको शेयर मूल्य पनि जेठ ४ गते समायोजन गरी सकेको छ । कम्पनीको समायोजन पछिको मूल्य एक हजार रुपैयाँ छ भने आधारभूत मूल्य ५ सय ५० रुपैयाँ छ । यसको जानकारीको लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

हाल यसको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले रू. ६ करोड २० लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३ गुणा बढी हो । सो अवधिमा कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ भने जगेडा कोष रू. ९ करोड ३५ लाख रहेको छ । कम्पनीको खुद बीमा शुल्क २९८.६४% र खुद दाबी भुक्तानी ६३.०८% बढेको छ । त्यसैगरी कम्पनीको आम्दानी २०२.७५% र खर्च तथा व्यवस्थाहरु २७१.८४% बढेको छ । यसको सेयर नेप्सेमा गत विहीबार प्रतिकित्ता ११३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

किन्दै हुनुहुन्छ त यस एनबि इन्स्योरेन्सको शेयर? लाभदायक सावित हुन निम्न लिंकमा क्लिक गरी हेर्नुस् एक पल्ट यस कम्पनीको विश्लेषण !

No comments:

Post a Comment

AddToAny