Thursday, July 6, 2017

गत सालको शत प्रतिशत पश्चात यस सालमा पनि ८० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सिन्धु विकास बैंक लि. (Sindhu Bikas Bank Ltd., SINDU) ले ८० प्रतिसत (८०%) अर्थात १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । बैँकले अब छिटै निकट भविष्यमा हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने प्रति कित्ता रु १०० अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता बराबर २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।


गत साल शत प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कात्तिक ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएर बैंकको सातौँ साधारणसभाले पारित गरेको थियो भने त्यसै साल फागुन १२ गते बोर्डमा निवेदन दिएको थियो र हाल सालै अस्ति असार १५ गते विहीबार मात्रै हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

सिन्धुको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैँकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैँकले जगेडा कोषमा ५ करोड ८२ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । बैँकले २ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ र प्रति सेयर नेट वर्थ १२२.२३ रुपैयाँ कायम रहेको छ ।

बैंकले गत आर्थिक वर्ष ७२/७३ को कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । बोनस र यस ८० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पूँजी करिब ६ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।

ठुलो मात्रामा हकप्रद निष्काशन गर्दा प्रतिसेयर आम्दानीमा आउने गिरावट हेरेर विवेकपुर्ण तवरले सेयर खरिद गर्नु उचित देखिन्छ । हकप्रदमा उचालिएर सेयर किन्दा लामो समयका लागि लगानी फस्नेतर्फ सचेत हुनु पर्छ । लगानी गर्नु पहिले यो कुरामा ध्यान पुर्याउन जरुरी छ ।

यस सिन्धु विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसातौँ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny