Thursday, July 20, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशनको अनुमति प्राप्त विकास बैंकको के कस्तो अवस्था छ त? लगानी गर्नु अघि हेरिहाल्ने कि?

मुक्तिनाथ विकास बैंक लि. (Muktinath Bikas Bank Ltd., MNBBL) ले ४० प्रतिशत (४०%) अर्थात १० बराबर ४ को (१०:४) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट केही दिन अघि मात्र हाल सालै प्राप्त गरेको छ । बैंकले २०७४ साउन २ गते सोमबार अनुमति प्राप्त गरेको हो । पुँजी वृद्धिको चटारोमा रहेको मुक्तिनाथले अब छिटै नै हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले दर्शौ बार्षिक साधारण सभाबाट ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यसरी नयाँ आर्थिक वर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने पहिलो कम्पनी मुक्तिनाथ विकास बैंक बनेको छ । गत आर्थिक वर्षमा प्राइम कमर्शियल बैंकले पहिलो पटक हकप्रद निष्काशनको अनुमति पाएको थियो ।

ShareUpdateNepal

मुक्तिनाथको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब एनआइबिएल क्यापिटल मार्फत हाल कायम पूँजीको ४० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर निष्काशन गगर्न लागेको हो । बैंकले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस सेयर गरी ८४ प्रतिशतले पूँजी बढाएको थियो ।

बैंकले गत आर्थिक वर्षमा सबै सूचकमा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.२९ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा उसले ३५ करोड ८८ लाख ७९ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले १३ करोड ७४ लाख ३६ हजार रुपैंयाले खृुद नाफा बढाएको हो ।

बैंकले ११ अर्ब २७ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर समिक्षा अवधिमा १६ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । त्यसै गरी समिक्षा अवधिमा नौ अर्ब ९० करोड रुपैंयाको कर्जा प्रवाहलाई बढाएर १५ अर्ब ३१ करोड रुपैंया पुर्याएको छ । यसरी निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गर्दा पनि उसले निष्कृय कर्जा अनुपातलाई अझै सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ०.०९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात अहिले ०.०२ प्रतिशतमा सिमित बनेको छ ।

निष्कृय कर्जामा देखिएको सुधार, निक्षेप तथा कर्जा परिचालनमा आएको बढोत्तरीले बैंकको खुृद व्याज आम्दानी ६९ करोड आठ लाख रुपैंयाबाट बढेर एक अर्ब तीन करोड आठ लाख रुपैंया पुगेको छ । कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेको बैंकले सम्भावित जोखिमका लागि पाँच करोड ६७ लाख रुपैंया रकम छुट्याएको छ ।

झण्डै ६० लाख रुपैंया राइट व्याक गरेको बैंकले कर तथा कर्मचारीका लागि छुट्याएको बोनसको आकार बढ्दा पनि खुद नाफामा भने उल्लेख्य प्रगति गरेको हो । समिक्षा अवधिमा बैंकले ८३ करोड ८४ लाख ३२ हजार रुपैंयाको चुक्ता पूँजी हकप्रद र बोनसबाट ८४ प्रतिशतले बढाएर एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया पुर्याएको छ । बैंकको पूँजी र खुद नाफा वृद्धिको अनुपातलाई हेर्दा प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैंया ११ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैंया ८० पैसा थियो । बैंकको मूल्य आम्दानी अनुपात ३०.२४ गुणा बढी रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.८ रहेको छ ।

बैंकले पूँजी वृद्धि गर्दै गर्दा पनि जगेडा कोषको आकार उल्लेख्य मात्रा बढाउन सकेको छ । अघिल्लो आर्थिक वर्षमा ५० करोड ३३ लाख ८३ हजार रुपैंया रहेको जगेडा कोषलाई बैंकले यस पटक ७७ करोड ६० लाख ८८ हजार रुपैंयाको बनाएको छ ।

मुक्तिनाथको हाल चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ रहेकामा यस हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्ने छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले चालु आर्थिक बर्षको अन्त्य सम्ममा दुई अर्ब ५० करोड पुर्याउनु पर्ने हुन्छ । अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा नगई आफैँ चुक्तापुँजी पुर्याउन कम्मर कसेको यस बैंकले यसरी नपुग पूँजी गत चालु आर्थिक बर्षको कमाईबाट ३४ करोड रुपैंया बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर साताको अन्तिम कारोबार दिन २०७४ साल साउन ५ गते बिहिबार नेप्सेमा प्रतिकित्ता १०१० मा खुल्ला भई १००९ रुपैयाँसम्मको हाराहारी पछि ९९५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

यस विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणदर्शौ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny