Showing posts with label Civil Capital Market Ltd.. Show all posts
Showing posts with label Civil Capital Market Ltd.. Show all posts

Saturday, September 2, 2017

नआत्तिनुहोस्, म्याद थप पछि सेञ्चुरी (CCBL) को ४०% हकप्रद (RIGHT) सेयर भर्न अझै समय बाँकी छ !

सेञ्चुरी कमर्सियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात् १० बराबर ४ अनुपातको हकप्रद सेयर भर्ने म्याद एक दिन मात्र होइन १५ दिनको समय नै थप गरेको छ । बैंकले हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन भदौ १८ गते भनियता पनि सो दिन सार्वजनिक विदा परेकाले आवेदन दिने समय लगानीकर्ताको आग्रहमा पहिला एक दिन थप गरि भदौ १९ गते सोमबारसम्म भने पछि ५ दिन थपगरि अब असोज २ गतेसम्म आवेदन दिन सक्ने भएको छ । तराईमा आएको बाढीका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त भएकाले केही सेयरधनीहरूले समय थप्न माग गरेपछि म्याद थपेको बिक्री प्रबन्धक सिभिल क्यपिटल लिमिटेडले जनाएको छ ।

ShareUpdateNepal

बैंकको उक्त कप्रद सेयर निष्काशन तथा खुल्लाको म्याद थप सम्बन्धि बिस्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नु होस् ।

बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।


ShareUpdateNepal

बैंकको उक्त हकप्रद सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
(१) सिभिल क्यापिटल मार्केट लिमिटेड, बिक्री प्रबन्धक, सीटीसी मल सुन्धारा, काठमाडौं ।
(२) सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय ।

बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद सेयर बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारणसभाले पारित गरेको थियो । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । यसअघि इन्नोभेटिभ, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारोबार थालिसकेको बैंकले अल्पाइन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।

सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद सेयर बिक्रीपश्चात सेञ्चुरीको चुक्ता पुँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पुँजी ८ अर्ब पुर्याउने बैंकले जनाएको छ ।

श्रोत: मेरोलागानी, २०७४ भदौ १६ शुक्रबार !

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ र २०७/७३ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

यस बैंकको बोनस सेयर कर तथा हकप्रद सेयर सम्बन्धी सम्पूर्ण बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नु होस् !

यो पनि पढ्ने कि !

Wednesday, July 5, 2017

सेञ्चुरी बैंकको बोनस सेयर कर ! कति, कसरी र किन ? बिष्तृत जानकारी र लिंक्स सहित !!

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयरको कर तिर्न सूचना निकालेको छ । बैंकले गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर मात्र प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांस प्रस्ताव नगरेको सेञ्चुरी बैंकले सेयरधनीलाई आफ्नो हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरी दिन पूर्ब ऋणीलाई जसरी कर बुझाउन ताकेता गर्दै भनेको छ ।


साथै बैंकले बोनस वापतको कर रकम भुक्तानी गरेपछि सोको भौचर सहित निवेदन समेत लेखेर बैंक तथा बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल सुनधारामा बुझाउन भनेको छ । उक्त भौचर तथा निवेदन बुझाएपछि मात्र बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गर्ने भएको छ ।

सेञ्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडमा रहेको खाता नम्बर ९२६ ०२० ०११०२ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न बैंकले लगानीकर्तालाई ताकेता गरेको छ ।

बोनस बितरणका दौरान सुचिकृत कम्पनीहरुले कर वापतको रकम बितरण नगर्दा कतिपय कम्पनीका लगानीकर्ताले सास्ती व्यहोर्दै आएका छन् । अहिले एक पटक फेरि सेञ्चुरी कमर्शियल बैंकका लगानीकर्ताले पनि यस्तै सास्ती खेप्नु पर्ने भएको छ । लाखौं रुपैंया लगानी गरेका सेयरधनीले सोको बोनसमा लाग्ने कर वापतको बीस पच्चीस रुपैंया तिर्नका लागि बैंक धाउनु पर्ने भएको छ । 

पछिल्ला दिनमा सेयरधनीले बोनस वापतको कर आफ्नो थाप्लोमा नलगाउन साधारणसभामा आग्रह गर्दै आएका छन् । अधिकांस कम्पनीको साधारण सभामा यो विषय उठान भए पनि लगानीकर्ताको समस्यालाई नहेरी कम्पनीहरुले गर्ने यस्ता निर्णयले सानो रकम बुझाउने नाममा लगानीकर्तालाई सास्ती थपिएको हो ।

सेञ्चुरीको विशेष साधारणसभामा समेत सेयरधनीले यस विषयमा चर्को आवाज उठाएका थिए ।

सो भए सेञ्चुरीको उक्त बोनस सेयर वापतको कर रकम तिर्न सेयरधनीले कति कसरी कहाँ के गर्ने त ? यसको लागि निम्न लिंक्समा क्लिक गर्नुहोस् !
श्रोत सहयोग: मेरो लगानी

Tuesday, July 4, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात १० बराबर चार अनुपातमा हकप्रद निष्काशन गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले आगामी असार २७ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ । यसको अर्थ असार २६ गते सोमबारसम्म बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात बैंकको हकप्रद सुरक्षित गर्न ईच्छुक लगानीकर्ताले आगामी २६ गते सोमबारसम्म बैंकको सेयर किनी सकेको हुनुपर्नेछ ।


सेन्चुरीले हाल कायम पूँजीको १० बराबर चार अनुपातमा हुने एक अर्ब ८८ करोड ५४ लाख २५.७ हजार रुपैंया बराबरको एक सय रुपैयाँ अंकित मूल्यको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद जारी गर्देछ । बैंकले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले कहिलेदेखि हकप्रद निष्काशन हुने भन्ने खुलाएको छैन । बैंकको गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर दिइसकेको छ । देशकै कान्छो यो वाणिज्य बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । मर्जरपछि कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

यो बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया जारी छ । सेती फाइनान्स प्राप्ति प्रकृया पनि अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ। बैंकका अनुसार हालै मर्जर सम्पन्न भएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । पाँचवटै संस्था मर्जर तथा ४० प्रतिशत हकप्रद समेत बिक्री गरेपछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ । बैंकको सेयर असार २० गते मंगलबार नेप्सेमा प्रतिकित्ता ३७० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि ३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Monday, April 3, 2017

एनआइसी एसिया (NICA) को १५% हकप्रद सेयर कहिलेसम्म कहाँ, कति र कसरी भर्ने ?

एनआइसी एसिया बैंकले चैत १६ गतेदेखि १५% हकप्रद सेयर निष्कासन खुला गरी सकेको छ । एनआइसीको यो हकप्रद सेयर वैशाख १९ गतेसम्म भर्न पाइनेछ । एनआइसीले १०० कित्ता बराबर १५ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि एनआइसीको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाा पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले फेरि १५% हकप्रद दिनु परेको हो । कम्पनीको यो हकप्रद सेयर चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि बैकले चैत ७ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी एसिया बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९९८ रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा रहेको एनआईसीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ५० पैसा छ ।



Source: NICAsiaBank



AddToAny