Showing posts with label Process. Show all posts
Showing posts with label Process. Show all posts

Wednesday, July 5, 2017

सेञ्चुरी बैंकको बोनस सेयर कर ! कति, कसरी र किन ? बिष्तृत जानकारी र लिंक्स सहित !!

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयरको कर तिर्न सूचना निकालेको छ । बैंकले गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर मात्र प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांस प्रस्ताव नगरेको सेञ्चुरी बैंकले सेयरधनीलाई आफ्नो हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरी दिन पूर्ब ऋणीलाई जसरी कर बुझाउन ताकेता गर्दै भनेको छ ।


साथै बैंकले बोनस वापतको कर रकम भुक्तानी गरेपछि सोको भौचर सहित निवेदन समेत लेखेर बैंक तथा बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल सुनधारामा बुझाउन भनेको छ । उक्त भौचर तथा निवेदन बुझाएपछि मात्र बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गर्ने भएको छ ।

सेञ्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडमा रहेको खाता नम्बर ९२६ ०२० ०११०२ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न बैंकले लगानीकर्तालाई ताकेता गरेको छ ।

बोनस बितरणका दौरान सुचिकृत कम्पनीहरुले कर वापतको रकम बितरण नगर्दा कतिपय कम्पनीका लगानीकर्ताले सास्ती व्यहोर्दै आएका छन् । अहिले एक पटक फेरि सेञ्चुरी कमर्शियल बैंकका लगानीकर्ताले पनि यस्तै सास्ती खेप्नु पर्ने भएको छ । लाखौं रुपैंया लगानी गरेका सेयरधनीले सोको बोनसमा लाग्ने कर वापतको बीस पच्चीस रुपैंया तिर्नका लागि बैंक धाउनु पर्ने भएको छ । 

पछिल्ला दिनमा सेयरधनीले बोनस वापतको कर आफ्नो थाप्लोमा नलगाउन साधारणसभामा आग्रह गर्दै आएका छन् । अधिकांस कम्पनीको साधारण सभामा यो विषय उठान भए पनि लगानीकर्ताको समस्यालाई नहेरी कम्पनीहरुले गर्ने यस्ता निर्णयले सानो रकम बुझाउने नाममा लगानीकर्तालाई सास्ती थपिएको हो ।

सेञ्चुरीको विशेष साधारणसभामा समेत सेयरधनीले यस विषयमा चर्को आवाज उठाएका थिए ।

सो भए सेञ्चुरीको उक्त बोनस सेयर वापतको कर रकम तिर्न सेयरधनीले कति कसरी कहाँ के गर्ने त ? यसको लागि निम्न लिंक्समा क्लिक गर्नुहोस् !
श्रोत सहयोग: मेरो लगानी

Friday, December 9, 2016

के हाे अास्वा प्रणाली ? लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका ।

नेपालको पूँजीबजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हाल सालै ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ र ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३’ जारी गरेको छ । बोर्डले २०७३ माघदेखि धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ ।



Source: bikashnews

Wednesday, October 12, 2016

हकप्रद जारी गर्ने कम्पनी अब मर्जरमा जान नपाउने, नमान्नेलाई कारबाही ।

हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरु अब मर्जरमा जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासनपछि मात्र मर्जर तथा एक्विजिसनमा जाने व्यवस्था गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा हकप्रद सेयर निष्कासन गर्ने भनेर चलखेल गरी मर्जर तथा एक्विजिसनमा जाने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले दसैंलगत्तै त्यो व्यवस्था गर्ने गरी तयारी भइरहेको समेत जानकारी गराएको छ ।



Source: bankingkhabar

Saturday, October 8, 2016

हकप्रद सेयर निष्काशनको लहर : पाइपलाइनमा १३ कम्पनी ।

जीवृद्धिको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय हकप्रद सेयर निष्काशनको प्रक्रियालाई तीव्रता दिएका छन् । शुक्रबार मात्रै धितोपत्र बोर्डले काष्डमण्डप डेभलपमेन्ट बैंकको २५ प्रतिशत र माछापूछ्रै बैंकको ५० प्रतिशत हकप्रद सेयरलाई निष्काशनको अनुमति दिएको छ । यसबाहेक यतिबेला १३ वटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा छन् ।


Source: bankingkhabar

Thursday, September 29, 2016

२ अर्ब चुक्तापूँजी भएको विद्युत उत्पादन कम्पनीमा जनताले पनि लगानी गर्न पाउने ।

कम्पनी स्थापनाको प्रक्रियामा, करोडौंको आइपीओ आउने ।

काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ । 

स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयारगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएकोछ । 
अर्थ मन्त्रालयबाट सहमति आउनासाथ कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढ्ने उर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार सरकार, सरकारको स्वामित्वमा रहेका निकाय, सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा, विपन्न वर्गलगायतले सेयर हाल्न मिल्ने गरी कम्पनी स्थापना हुनेछ ।




Source: bizshala

AddToAny