Wednesday, October 12, 2016

हकप्रद जारी गर्ने कम्पनी अब मर्जरमा जान नपाउने, नमान्नेलाई कारबाही ।

हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरु अब मर्जरमा जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासनपछि मात्र मर्जर तथा एक्विजिसनमा जाने व्यवस्था गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा हकप्रद सेयर निष्कासन गर्ने भनेर चलखेल गरी मर्जर तथा एक्विजिसनमा जाने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले दसैंलगत्तै त्यो व्यवस्था गर्ने गरी तयारी भइरहेको समेत जानकारी गराएको छ ।



Source: bankingkhabar

No comments:

Post a Comment

AddToAny