Thursday, October 13, 2016

मैले श्रीमती नबेचेको भए हुन्थ्यो (कथा) ।

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिएँ । काभ्रेपलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाइल्याण्ड, चीन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिएँ । अमेरिका आउन नचाहने मानिस विरलै होलान । अमेरिकामा पनि म एउटा ट्रेनिङ्गको लागि कार्यालयबाटै खटिएर आएको थिएँ अनि अहिलेसम्म खटेको खटैछु । यहाँ आएपछि जबरजस्ती पत्रकार बनेर नेपालबाट कागजपत्र जोगडजागड गरेर असायलम लिएको थिएँ।



Source: dainiknepal

No comments:

Post a Comment

AddToAny