Tuesday, October 11, 2016

ब्लु चिप कम्पनी मानिने एभरेष्ट बैंकका के छन् सबल र दुर्बल पक्ष ? हेरौं कम्पनी विश्लेषण ।

भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक (Everest Bamk/EBL) राष्ट्रिय स्तरको ’क’ वर्गको इजाजत पत्र प्राप्त बैंक हो । एभरेष्ट बैंकले मुलुकको कृषि विकास, उद्योग तथा कर्पोरेट जगतको विकासमा निरन्तर सहयोग पुर्याईरहेको बैंकको दाबी छ । हालै मात्र भारतको पञ्जाब नेशनल बैंकले “IDRBT Banking Technology Excellence Award” प्राप्त गरेको छ । त्यसै गरि बैंकले “Golden Peacock Business Excellence Award 2013” पनि प्राप्त गरेको छ । पञ्जाब नेशनल बैंकले माथिल्लो व्यवस्थापनमा सहकार्य गरेका कारण एभरेष्ट बैंकलाई प्राविधिक रुपमा ग्राहक सेवामा थप बल पुग्ने देखिन्छ । यस बैंकमा २० प्रतिशत शेयर पञ्जाब नेशनल बैंक, ५० प्रतिशत नेपाली प्रोमोटर तथा ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको लगानी रहेको छ ।



Source: aarthiknews

No comments:

Post a Comment

AddToAny