Tuesday, October 4, 2016

राष्ट्रबैंकको गलत निर्णयले प्रभूलाई संकट, पूँजीवृद्धि योजना र साधारणसभा प्रभावित ।

विज्ञ भन्छन्–‘यो निर्णयका कारण पब्लिक सेयर लगानीप्रति नै निरुत्साहित बन्नसक्छन्’ ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले बेला–बेला गलत निर्णय गर्ने गर्छ । केही महिनाअघि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गैरकानूनी ढंगले नाम फेर्न दवाब दिएको राष्ट्रबैंकले प्रगति पथमा लम्कदै गरेको प्रभू बैंक लिमीटेडको पूँजी वृद्धि योजना र आगामी वार्षिक साधारणसभा नै प्रभावित हुने गरी गलत निर्णय गरेको छ । 

राष्ट्रबंैंकले समस्याग्रस्त ग्राण्ड बैंक गाभेको प्रभू बैंकलाई अप्ठ्यारो हुने गरी साबिकको प्रभू बैंकको मात्रै सेयर कारोबार खुला गरिदिने र प्रभूमा गाभिइसकेको ग्राण्ड बैंकको सेयर कारोबार चाहि अझै निलम्बनमा राख्ने आलोचनायुक्त निर्णय गरेको हो ।


Prabhu Bank Limited
Source: bizshala

No comments:

Post a Comment

AddToAny