Showing posts with label Illegal. Show all posts
Showing posts with label Illegal. Show all posts

Saturday, November 19, 2016

एभरेष्ट बैंक र नेशनल लाइफको गैरकानूनी धन्दाको नालीबेली ।

नियामक कमजोर बन्दा खुलेआम इन्साइडर ट्रेडिङ ।

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले लाभांश, हकप्रद वा अन्य कुनै सेयर निश्कासनको सूचना औपचारिक रुपमा बाहिरिनुअघि नै निश्चित व्यक्तिको मिलेमतोमा चुहाएर आफू मालामाल बन्ने धन्दा(इन्साइडर ट्रेडिङ) पछिल्लो समयमा बढ्दो क्रममा छ ।


Source: bizshala

Saturday, November 5, 2016

तपाईले जान्नैपर्ने र सेयर बजारमा हुनसक्ने अर्काे अपराधʽसेयरको भण्डारीकरणʼ !

काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ । 

के हो ʽसेयरको भण्डारीकरणʼ ?
यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको कुनै एक कम्पनीको सम्पूर्ण सेयर खरिद गर्दछन् । यसले त्यस कम्पनीको सम्पूर्ण सेयर कुनै एउटा व्यक्ति वा समूहमा केन्द्रित बन्नपुग्छ । अब यसो भएपछि बजारमा सेयरको अभाव हुनजान्छ अर्थात् आपूर्ति नै ठप्प बन्न पुग्छ ।



Source: arthatantra

Sunday, October 23, 2016

सेयरमा पुलिंग अपराधबाट बच्नुहोस् ! कतै तपाईको रकम डुब्ने खतरा त छैन ?

काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।



Source: arthatantra

Wednesday, October 12, 2016

मेगा बैंक बाफिया विपरित चलेको खुलासा, सञ्चालकको योग्यता नै अपुग ! (हेर्नुहोस् प्रमाण)

काठमाडौँ - नेपालको चर्चित बैंक भनेर कहलिएको मेगा बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था ऐन २०६३ विपरित चलिरहेको खुलासा भएको छ । बैंकका सञ्चालक मदन कुमार आचार्यको योग्यता अपुग भएको तथ्यसँगै मेगा बैंक बाफिया विपरित चलेको खुलासा भएको हो । मेगा बैंकका संचालक रहेका मदन कुमार आचार्यको विवरणमा शैक्षिक योग्यता प्रमाणपत्र तह लेखिएको छ ।



Source: arthasarokar

Tuesday, October 4, 2016

राष्ट्रबैंकको गलत निर्णयले प्रभूलाई संकट, पूँजीवृद्धि योजना र साधारणसभा प्रभावित ।

विज्ञ भन्छन्–‘यो निर्णयका कारण पब्लिक सेयर लगानीप्रति नै निरुत्साहित बन्नसक्छन्’ ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले बेला–बेला गलत निर्णय गर्ने गर्छ । केही महिनाअघि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गैरकानूनी ढंगले नाम फेर्न दवाब दिएको राष्ट्रबैंकले प्रगति पथमा लम्कदै गरेको प्रभू बैंक लिमीटेडको पूँजी वृद्धि योजना र आगामी वार्षिक साधारणसभा नै प्रभावित हुने गरी गलत निर्णय गरेको छ । 

राष्ट्रबंैंकले समस्याग्रस्त ग्राण्ड बैंक गाभेको प्रभू बैंकलाई अप्ठ्यारो हुने गरी साबिकको प्रभू बैंकको मात्रै सेयर कारोबार खुला गरिदिने र प्रभूमा गाभिइसकेको ग्राण्ड बैंकको सेयर कारोबार चाहि अझै निलम्बनमा राख्ने आलोचनायुक्त निर्णय गरेको हो ।


Prabhu Bank Limited
Source: bizshala

AddToAny