Showing posts with label Collection. Show all posts
Showing posts with label Collection. Show all posts

Saturday, November 5, 2016

तपाईले जान्नैपर्ने र सेयर बजारमा हुनसक्ने अर्काे अपराधʽसेयरको भण्डारीकरणʼ !

काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ । 

के हो ʽसेयरको भण्डारीकरणʼ ?
यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको कुनै एक कम्पनीको सम्पूर्ण सेयर खरिद गर्दछन् । यसले त्यस कम्पनीको सम्पूर्ण सेयर कुनै एउटा व्यक्ति वा समूहमा केन्द्रित बन्नपुग्छ । अब यसो भएपछि बजारमा सेयरको अभाव हुनजान्छ अर्थात् आपूर्ति नै ठप्प बन्न पुग्छ ।



Source: arthatantra

Thursday, September 29, 2016

त्रिशुली गल्छी हाईड्रो बनाउन भन्दै सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी,धितोपत्र बोर्डले लौ गरोस् स्रोतको खोजी

त्रिशुली गल्छी बिद्युत आयोजनाको सेयरमा लगानी गर्ने भन्दै सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी गरेको छ । गुरुप्रसाद न्यौपाने अध्यक्ष र उनका नातागोता संचालक रहेको सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड उठाएर आफ्नो नितान्त ब्यक्तिगत कम्पनीमार्फत दोस्रो बजारमा लगानी गरी रकमको दुरुपयोग गरेको स्रोतले मेरोलगानी डटकमलाई बताएको छ ।

Source: merolagani

AddToAny