Showing posts with label Loss. Show all posts
Showing posts with label Loss. Show all posts

Tuesday, March 27, 2018

पूँजी बजारबारे नकारात्मक भ्रम सिर्जना नगरौं -आनन्दकुमार भट्टराई ।


शेयर बजारमा सोझासाझा तथा केही मूर्ख तथा लहडी लगानीकर्ताहरुको बाहुल्यता भएको कारणले गर्दा हाम्रो शेयर बजार अत्यधिक चलायमान छ । यहाँ मूर्ख भन्नाले हल्लाको पछि लागेर आफूसंग भएको शेयर हतार हतारमा खरिद बिक्री गरी घाटा ब्यहोर्ने लगानीकर्तालाई भन्न खोजिएको हो अत: यसलाई अन्यथा नलिइयोस् । यो वर्गमा कहिलेकाहीँ आफूलाई दिग्गज ठान्ने लगानीकर्ता पनि पर्ने गरेको अनुभव छ ।


अमुक कम्पनीले त यति धेरै बोनस अथवा राईट शेयर दिने भयो भन्ने हल्ला चल्छ अनि केही नबुझेका लगानीकर्ता अरुको लहैलहैमा लागि उक्त कम्पनीको आर्थिक अवस्था, सर्वसाधारणमा जारी भएको शेयर संख्या आदि केहीको पनि विश्लेषण नगरी शेयर खरिद गर्छन् अनि दुई दिनपछि मूल्य झर्दा टाउकोमा हात राखेर आफ्नो ब्यहोरालाई होइन कि सरकार तथा नियामक निकायलाई गाली गर्न थाल्छन् ।

Saturday, September 16, 2017

सेयर लगानीका आधारभूत पक्षहरु !

पूँजीबजारको आधारभूत पक्ष नबुझेकाहरु जुवाघरको संज्ञा दिन्छन  जुवामा जीत बाहेक प्रतिफल हुँदैन र हारेको खण्डमा राखिएको बाजी एकैपटक गुम्छ तर सेयरबजारमा गरेको लगानी जुवामा जस्तो एकैपटक गुम्दैन सेयर लगानीमा जोखिम पक्ष भएपनि उचित व्यवस्थापन गर्न सक्नेले घट्दो मूल्यमा पनि नाफा आर्जन गर्न सक्छन वारेन बफेट भन्छन ‘म सेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र सेयर किन्दा भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु’  बफेटको भनाईलाई आत्मसात गरेर लगानी गर्नेले नाफा नकमाए पनि घाटा चाहिं खाँदैनन 

लेखक सेयर विश्लेषक एवं लगानीकर्ता हुन् !


प्रवेश विन्दु:

नवप्रवेशीले प्राथमिक बजारबाट सिक्न सकिन्छ  प्राथमिक सेयर जारी हुन लागेको जानकारीपत्रपत्रिकाबाट पाउन सकिछ  कुनै पनि कम्पनी सेयरबजारमा आउनु अघि धितोपत्र सम्बन्धि कानुनको पालना गरि तोकिएका शर्त पुरा गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिन्छ  सेयर किन्नु अघि धितोपत्र सम्बन्धि प्रचलित कानुनको परिपालना भइ स्वीकृत प्राप्त हो कि हैन बुझ्नुपर्छ  सेबोनलेस्वीकृति दिएपछी प्राथमिक सेयर जारी हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर कारोबार हुन्छ  प्राथमिक र हकप्रद सेयर कहिले आउँछ सेबोनको वेवसाइटमा राखिएको हुन्छ 

सेयर जारी गर्ने कम्पनी:


नेपालको सन्दर्भमा बैंक र बिमाले अनिवार्यरुपमा यसका नियमकले तोकेबमोजिम सेयर बेच्नैपर्ने व्यवस्था छ जलविद्युत, दूरसञ्चार, उत्पादन, प्रशोधन तथा होटेलहरुले स्वेच्छिकरुपमा सेयर जारी गरेका छन्  यस्ता कम्पनीले धितोपत्र सम्बन्धि प्रचलित कानून पालना गरेर आएका खण्डमा सेयर जारी गर्ने स्वीकृति पाउँछन्  धितोपत्र निष्काशन सम्बन्धि नियमावलीले वास्तविक क्षेत्रका कम्पनीलाई पनि सेयर जारी गराउन प्रोत्साहन गर्न खोजेको छ  प्रचलित व्यवस्था अनुसार प्रति एक सेयरको चुक्ता मूल्य १ सय हुन्छ  १ सय रुपैयाँमा बेच्ने प्रक्रियालाई परल मूल्य भनिन्छ तोकिएका शर्त पुरा गरेका कम्पनीले परल मूल्यमा केहि थप गरेर बेच्न पनि पाउँछन यसलाई प्रिमियम मूल्य भनिन्छ म्युचुअल फण्डको प्रति इकाई चुक्ता मूल्य रु. १० हुन्छ 

सेयरको दोस्रो बजार:


प्राथमिक सेयर जारी भइ बाँडफाँड भएपछी कारोबारको लागि नेप्सेमा सूचीकरण हुन्छ  दोस्रो बजारमा सेयर कारोबार गराउनको लागि नेप्सेले आफनो सदस्यको रुपमा दलाल तोकेको छ  दलालको सूचीनेप्से वा सेबोनको वेबमा हेर्न सकिन्छ  दलालको कार्यालयमा गएर सम्पूर्ण व्यहोरा खुल्ने ‘ग्राहक पहिचान फारम’ भरेपछि प्राप्त हुने कसैसँग नमिल्ने छुट्टै ग्राहक संकेत मार्फत कारोबार गर्नुपर्छ पारिवारिक सेयर कारोबार नगरी सिधै नेप्सेले नामसारीको लागि कम्पनीलाई पत्राचार गरिदिन्छ  आफू-आफू बीच कुनै करार गरि वा नगरी अन्य सम्पती जस्तो सेयर किनबेच गर्न सकिन्न  किनेका सेयर विद्युतीय स्वरुपमा भण्डारण गर्नको लागि अभौतिकीकारण (डिम्याट) खाता खोल्नुपर्छ यसलाई हिताग्राही खाता (बिओ) पनि भनिन्छ  यो बैंक खाता जस्तै हो र यसमा सेयर भण्डारण हुन्छ  यस्तो खाता खोल्नको लागि निक्षेप सदस्य (डिपी) को रुपमा कार्य गर्न सेबोनले बिभिन्न मर्चेन्ट बैंक, वाणिज्य बैंक, वित्त कम्पनी र दलाललाई अनुमति दिएको छ  विओ खातामा हुने शुरुको आठ अंक डिपी नं. र पछिल्लो आठ अंक ग्राहक नं. हो  यो नम्बर प्राथमिक र हकप्रद सेयर आवेदन फारममा समेत निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्छ  दोस्रो बजारमा कारोबार गर्न जाँदा अग्रिम रकम भुक्तान गर्नुपर्छ भन्ने अनिवार्य छैन तर भर्खर आएकालाई भने शुरुशुरुमा अग्रिम रकम बुझाउनुपर्ने पनि हुनसक्छ  तर कारोबार गर्दै गएपछि अग्रिम दिनुपर्ने हुँदैन 

बजारसम्बन्धि सूचना:


सेयरबजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको सेयर किन्ने, कहिले किन्ने, कहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिएर त्यसको प्रशोधन गर्नुपर्छ  यस्ता जानकारीका लागि नेप्से, सेबोन, नेपाल राष्ट्र बैंक, विमा समिति जस्ता नियमकले बेलाबेलामा जारी गर्ने सूचना, परिपत्र निर्देशिका अध्ययन गर्नुपर्छ  त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरण र अन्य सूचनाको बारेमा जानकार हुनुपर्छ  लगानीकर्ताले आफूले लगानी गर्न चाहेको कम्पनीको वार्षिक प्रतिवेदन समेत अध्ययन गर्नुपर्छ  सेयरबजारसँग सम्बन्ध राख्ने कम्पनी ऐन, नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, विमा ऐन/नियमावली, धितोपत्र सम्बन्धि ऐन/नियमावलीको सामान्य जानकारी लिनुपर्छ 

कस्ता कम्पनी रोज्ने:


कस्ता कम्पनी रोज्ने यो अलि जटिल विषय हो  तैपनि सूचना र जानकारी लिएको खण्डमा मुश्किल पर्दैन अर्काले के किन्यो वा बेच्यो भनेर चियोचर्चो गर्नु भन्दा आफूले के र कस्तो किने भन्ने मूल प्रश्न हो सेयरबजार कति बेला झर्छ र बढ्छ भन्ने कुनै निश्चित सुत्र छैन जुनसुकै बेला तलमाथिहुनसक्छ  नेपालको सन्दर्भमा सामान्यतया श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको तीन महिना तल झर्ने समय हो  बैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम शुरु हुन्छ तर यस्तै हुन्छ भन्ने छैन  बढ्ने बेला घट्ने र घट्ने बेला बढ्ने पनि देखिएको छ कम्पनी रोज्दा कम्पनीले विगतमा दिएको प्रतिफल र चालु अवधिको वित्तीय विवरण कस्तो छ त्यसको विश्लेषण गर्नुपर्छ  सेयरमा लगानी गरेर एकैपटक कमाउने सपना देख्नु भन्दा बैंकले दिने व्याजदरसँगपनि तुलना गर्नुपर्छ  बैंकमा राख्दा कति आँउथ्यो र सेयरमा लगानी गरेर कति आउँछ त्यसको लेखाजोखा गर्नुपर्छ  मूल्य आम्दानी अनुपात, खूद सम्पति, कूल सम्पति, प्रतिसेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च जस्ता आधारभूत कुराको जानकारी लिनुपर्छ  यी उल्लेखित सूचक सामान्यतया सबै कम्पनीको हकमा लागू हुन्छ  यसवाहेक बैंक, बिमा, जलविद्युतका आ-आफ्नै सूचक पनि हुन्छन  बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप-कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर जस्ता सूचक पनि महत्वपूर्ण हुन्छन्  लगानी गर्दा ‘बथान प्रवृति’ देखाउनु हुन्न  सन् २०१०/११ मा बंगलादेशको सेयरबजारमा घटेको घटनामा ‘बथान प्रवृति’ हावी देखिएको थियो जसको परिणामस्वरूप लाखौं बंगाली लगानीकर्ताले करोडौं गुमाएका थिए 

सेयरबाट पाइने लाभ:


सेयर लगानी गर्दा दुई प्रकारले लाभमा सहभागी बन्न सकिन्छ  पहिलो, बढ्दो मूल्यबाट पूँजीगत लाभ र दोस्रो, कम्पनीले वार्षिकरुपमा वितरण गर्ने प्रतिफल पाउन सकिन्छ  बफेटको ‘पाँचवर्षसम्म बजार खोल्दैनन’ भन्ने सन्दर्भ सम्भवत दोस्रो लाभप्रति लक्षित हुनुपर्छ  सेयरबजार प्रायश: अस्थिर नै हुने गर्छ  निरन्तर घटिरहने र बढिरहने भन्ने हुन्न  यसको चरित्रलाई झन्डै रोटेपिंगसँग तुलना गर्न सकिन्छ  तलमाथि हुनु नै रोटेपिंगको मजा हो  सेयरबजार पनि यहि तलमाथिको चक्रमा चलिरहन्छ  रोटेपिंगमा माथि पुगेर मजा लिए जस्तो सेयरको भाउ माथि चढेको बेला बेच्न सक्नुपर्छ  कतिबेला बेच्ने र किन्ने समयको तालमेल मिलाउन सकिएन भने पूँजीगत लाभबाट बन्चित हुनुपर्छ  पूँजीगत लाभ लिन पनि नसक्ने र प्रतिफल पनि न्यून भएका कम्पनीमा लगानी गर्दा मूलधन समेत गुम्न सक्छ  त्यसैले प्रतिफल दिनसक्ने क्षमतालाई पनि लगानीको एउटा आधार बनाउनुपर्छ  लागत र लाभको उचित तालमेल मिलाउन सक्नेको लागि सेयरबजारमा गरिने लगानी दीर्घकालीन निवृतिभरण पनि हुनसक्छ 



श्रोत: कारोबार दैनिक, २०७३ साल चैत्र १३ गते आइतबार !

यो पनि पढ्ने कि !
बढ्नु र घट्नु सेयर बजारको नियमित चक्र !
शेयरमा लगानी गर्दा ध्यान गर्नु पर्ने कुरा "धैर्य गरौँ, सेयर बजारमा सोच्दै नसोचेका कुराहरु एकदिन 'एकादेशको कथा'बन्नेछ" (रोहन शर्माको ब्लग)
Know 3 Ways How You Can Lose All of Your Money in the Stock Market !
सेयर बजारमा अबको लगानी, यसरी बनाऔं तीन चरणमा रणनीति ।
लगानी फाल्न हतार नगर्नुहोस्, हेर्नुहोस्, यस्ता छन् १० उत्कृष्ट कम्पनीमा तत्काल अर्बौँ लगानीको अवसर (आईपीओ, एफपीओ र लीलामीसमेत), कुन कम्पनीको अवस्था के र लगानी कति गर्ने त ?
घाटा नखाने भए यसरी गर्नुस लगानी ।
बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

Wednesday, September 13, 2017

बढ्नु र घट्नु सेयर बजारको नियमित चक्र !


बित्तिय विवरणको लागि StockUpdateNepal हेर्ने गरौँ !

सहमत छ भने १ क्लिक तल ठोकौं !

Saturday, August 19, 2017

लौ हेरौं नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB) को आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा प्रगति - खुद नाफा ८७.३०%ले छलांग मार्दै अर्बपति क्लबमा !

नेपाल क्रेडिट एण्ड कर्मश बैंक लि. (Nepal Credit And Commercial Bank Ltd, NCCB) पनि चालु आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन तथ्याँक प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा खुद नाफा ८७ दशमलव ३० प्रतिशतले बढाएर एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी यो बैंक पनि अब अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको छ ।

ShareUpdateNepal

नाफामा छलांग मारे पनि यो बैंकले नाफा भन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ । संभावित जोखिम व्यवस्थापनका लागि प्रोभिजनमा राखेको एक अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यही कारण नाफामा यति ठूलो प्रगति देखिएको हो । बैंकको संचालन नाफामा भने निकै ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष यो अवधिमा ७४ करोड ७० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ४० करोड ६५ लाखमा सीमित बन्न पुुगेको हो ।

चारवटा साना कम्पनीलाई गाभेको यो बैंकको कर्मचारी खर्च ३० करोड ९८ लाखबाट वृद्धि भई ४७ करोड ४३ लाख पुुगेको छ भने अन्य संचालन खर्चमा पनि डर लाग्दो गरी वृद्धि भएको छ । अघिल्लो वर्ष २३ करोड ४२ लाख रहेको अन्य संचालन खर्च वृद्धि भई यो वर्ष ४१ करोड ८१ लाख पुुगेको हो ।

विदेशी मुद्रा कारोबारतर्फ समेत यो बैंकको प्रगति कमजोर बनेको छ । अघिल्लो वर्ष पाँच करोड २४ लाख विदेशी मुद्राको कारोबारबाट आर्जन गरेको बैंकले समीक्षा अवधिमा तीन करोड ७० लाखमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैकको खुद ब्याज आम्दानीमा पनि ४४ दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकले एक अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष यो रकम बढेर एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुगेको छ । चारवटा कम्पनीको व्यवसाय थपिँदा ब्याज आम्दानीतर्फको यो प्रगतिलाई औसत मात्र मान्न सकिन्छ ।

यो अवधिमा बैंकले ५८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ४८ अर्ब १७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २४ अर्ब ८९ करोड कर्जा परिचालन गरेको थियो । बैंकले जगेडा कोष तर्फ भने राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म एक अर्ब ३१ करोड रहेको कोषको आकार बढेर समीक्षा अवधिमा दुई अर्ब ५६ करोडको उचाई चुमेको छ । बैंकले निक्षपमा पनि ९३ दशमलव ६३ प्रतिशतको वृद्धि गरि ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

बैंकमा समीक्षा अवधिमा खराब कर्जाको भने थुप्रो लागेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष चार दशमलव ८० प्रतिशत पुुगेको हो । खराब संस्थाहरु गाभ्दाको परिणाम यो बैंकका लागि निकै महंगो पर्न सक्ने देखिन्छ । 

हाल यो बैंकको चुक्ता पूँजी चार अर्ब ६८ करोड पुुगेको छ । बैंकले चालु आर्थिक बर्षमा विभिन्न संस्था मर्जरबाट दुई अर्ब ३३ करोड चुक्ता पुँजी थप गरेको हो । मर्जरबाटै चुक्ता पुँजी बढाए पनि बैंकको इपीएस भने दुई रुपैंया घटेर २८ रुपैंयामा आइपुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी वाषिर्क २८ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक एक सय ५४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुुणा कायम रहेको छ भने वैद्यानिक तरलता अनुपात २५ दशमलव १२ रहेको छ ।

अन्य बैंकहरुको तुलनामा बैंकको प्रगति खासै नभए पनि यसअघि विभिन्न समस्या झेल्दै आएको एनसीसीले पछिल्लो त्रैमासमा गरेको प्रगति भने उल्लेख्य हो । यद्यपि बैंकको निष्क्रिय कर्जा अनुपात भने अझै बढेको छ । मर्जरबाटै चुक्ता पुँजी बढ्दा पनि इपीएस घट्नु र अघिल्लाे बर्ष र त्रैमासभन्दा पनि बढी एनपीएल हुनु भने राम्राे हाेइन ।

ShareUpdateNepal

यस बैंकको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
सेयरअपडेटनेपाल: शनिबार ३ भदौ २०७४

यो पनि पढ्ने कि !

Sunday, June 4, 2017

विचार/विश्‍लेषण: बैंकको ब्याज !

एक मित्रले एउटा बैंकबाट घर बनाउन ऋण लियो । १० प्रतिशत ब्याजमा लिएको ऋण केही वर्षअघि बढाएको बढायै गरेर १६ प्रतिशत पुग्यो । बीचमा यस्तो अवस्था आयो, बैंकहरूले ब्याज घटाउन थाले । नयाँ ऋणीले ६ प्रतिशतसम्ममा पाउन थाले । उसको १६ प्रतिशत घटेन । ऋणीलाई एक शब्द नसोधी आफूखुसी ब्याज बढाउने बैंकले आफैं घटाउने त कुरै थिएन, आग्रह गर्दा बल्ल १३ मा झार्‍यो । त्यसबाट तल झार्न टसको मस भएन । उसले अर्को बैंकमा ऋण सार्न चाह्यो । त्यहाँ साढे ७ प्रतिशतमा पायो । जग्गाको पुन: मूल्यांकन, सेवा शुल्कसहित जोड्दा ५० हजारभन्दा बढी अतिरिक्त खर्च गरेर ऋण सार्‍यो । एक वर्ष नभई उसले पनि बढाउन थाल्यो । ११ प्रतिशत पुर्‍याइसकेको छ ।


फेरि अर्कामा सारौ भने सबैले मिलेर ब्याज बढाएका छन् । केही समयपछि ब्याज घटाउने लहर चल्यो भने उसको घट्दैन । बरु अर्कामा सार्न ‘अफर’ आउँछ । त्यति बेला हजारौं सेवा शुल्क र प्रशासनिक खर्च लाग्छ । यसरी ब्याजलाई वल्टाइपल्टाइ गर्ने ‘लंगुरबुर्जा’ खेलाउने आकर्षक कार्यालय भएका निकायलाई हामी बैंक भनिरहेका छौं । तिनले ब्याजको यस्तो खेल खेलाउँछन् जसमा आफू कहिल्यै हार्दैनन् । कसैलाई घरिघरि जिताएजस्तो गराएर धेरैलाई लोभ्याउँछन्, खेल्नेलाई जहिल्यै हराइदिन्छन् । अनि, वर्ष–वर्षमा फलाना बैंकको यति अर्ब नाफा, उति अर्ब नाफा भनेर तथ्यांक सार्वजनिक गर्छन् । त्यसो गर्दा मैले कति ऋणीलाई रुवाएँ, अनधिकृत पैसा कति उठाएँ भनेर कहिल्यै खुलाउँदैनन् ।

अहिले सर्वसाधारण त्यसरी नै रोइरहेका छन् । बैंकले आफूखुसी बढाएको ब्याज चुपचाप तिर्न बाध्य छन् । कुनै व्यवसाय गर्नेले पहिला योजना बनाउनुपर्छ, बजेटिङसहित । त्यही आधारमा ऋण लिएका हुन्छन् । ब्याज यति तिर्नेछु भनेर खाका बनाएका हुन्छन् । बैंक पनि बैंक पद्धतिबाट चल्नुपर्छ, योजना हुनुपर्छ । बैंकलाई अनुमति दिंदै उसका कार्ययोजना हेरिनुपर्छ । त्यसमा कर्जा र बचतको ब्याज, त्यसको प्रतिफल, सम्भावित लगानी र बचतका क्षेत्र, त्यसको स्थिरतालगायत केलाउनुपर्छ । ब्याज घटाउने र बढाउने गर्न पाइने छैन भन्ने कडा सर्त राखिनुपर्छ । तर, नाफा घट्नुलाई बैंकहरू घाटा भन्छन् । कहिले घटी, कहिले बढी नाफा अवश्य हुन्छ । त्यसमा आत्तिएर सर्वसाधारणमाथि भारी बोकाउँछन् । बैंक कुन त्यस्तो सर्वाधिकारसम्पन्न व्यवसाय हो, जसलाई लापरबाही गरेर चलाउँदा पनि नाफा नै हुन छुट मिलोस् ? त्यसमा राष्ट्र बैंकले अंकुश लगाइदिनुपर्छ । 

बजारमा आर्थिक हलचल हुनासाथ हल्लिनु बैंकको आफ्नो कमजोरी हो । आफ्नो गल्तीको सजाय ऋणीलाई दिनु हुँदैन । तिर्न सक्ने हैसियत वा स्रोत छ/छैन हेरेर, तौलिएर बैंकले ऋण प्रवाह गरेका हुन्छन् । उसलाई ब्याज बढाएर त्यसभन्दा बढ्ता भार बोकाउँदा तिर्न सक्दैन भन्ने सर्वसिद्ध विषय हो । त्यो ऋण डुब्ने जोखिम हुन्छ । त्यसैले बेला–बेला ब्याज बढाउने बतासे काममा बैंक लाग्नुहुँदैन । बजारमा उपभोग्य वस्तुको मूल्य बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । बैंकको ब्याज बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । तिनको कमाइँचाहिँ कहिल्यै नबढ्ने । कहाँबाट सक्छन् धान्न ? राष्ट्र बैंकले त्यस्ता ऋणीलाई किन कहिल्यै हेर्दैन ? 

अर्कातिर संस्था बचाउने नाममा सर्वसाधारण मार्ने नीति नियम अन्त्य गरिनुपर्छ । ‘आवश्यक परे बैंकले स्वविवेकले ब्याज घटबढ गर्न सक्नेछ’ भने ऋण लिंदा कागजमा सर्त घुसाउन बन्द गरिनुपर्छ । जसरी सर्तअनुसार नतिर्दा ऋणीको धितो लिलाम हुन्छ, बैंकले सर्त उल्लंघन गर्दा उसको के लिलाम गर्ने ? ऋणी टाट पल्टिँदा बैंकले जायजेथाबाट उठाउन मिल्ने, बैंक टाट पल्टिन थाल्यो भने चाहिँ ऋणीले नै जायजेथा बेचेर बढी ब्याज तिरी नाफा दिलाइदिनुपर्ने ? बैंकलाई यस्तो जथाभावी गर्ने असीमित अधिकार कसले दियो ? किन त्यसमा कोही बोल्दैन ? 

सत प्रतिशतसम्म लगानी, ६ प्रतिशतभन्दा तल ब्याजमा सवारी साधन किन्न बैंकले माछा पसलमा जस्तो ग्राहक बोलाउँदा राष्ट्र बैंक टोलाएर बस्यो । त्यसरी पैसा सकेपछि लगानीयोग्य पुँजी कहाँबाट रहन्छ ? गत वर्ष ब्याज घटाउने होडबाजी चल्यो, यति बेला बढाउने । त्यो पनि बैंकलाई फाइदै फाइदा दिलाउने नाममा । बैंक डुब्न लागे भने जोगाउने काम राज्यको हो, सर्वसाधारणको होइन । 

बकम्फुसे ‘अफर’ ल्याएर ह्वार्र पैसा बटुल्ने, जथाभावी छर्ने, अनि पैसा छैन भनेर फेरि ऋणको ब्याज बढाउने– कहाँसम्मको अत्याचार हो ? सस्तो ब्याजमा दिन्छु भन्दै एउटा बैंकको ऋणीलाई अर्को बैंकमा तान्ने, अनि केही समयमा ह्वात्तै ब्वाज बढाएर ढाडमा बञ्चरोले हान्ने– कहाँसम्मको नीचता हो ? खोज्दै जानुभयो भने बैंकहरूको कार्टेलिङले उपभोक्ता सताइएका छन् । कर्जाको ब्याज बढाउँदा सबै मिल्छन् । विस्तारै केही खुकुलो देखिन्छन् । एउटाको ग्राहक अर्काले तान्छन् । सेवा शुल्कका नाममा उसबाट असुल्नु असुल्छन् । फेरि ब्याज बढाएर थला पार्छन् । राज्य टुलुटुलु हेर्छ । बैंक बदल्ने ऋणी कति छन्, के आश्वासनमा बदले, उता गएर कसरी फसे भन्ने राष्ट्र बैंकले कहिल्यै अध्ययन गरेको छ ? 

त्यसैले अब ऋणीले पनि अधिकारका लागि बोल्नु जरुरी छ । कागजमा जति लेखिएको छ, त्यति ब्याज तिरेर चुपचाप बस्ने बेला भएको छ । त्यसमा बैंकले गडबड गरे र ऋणीका पक्षमा राष्ट्र बैंक नबोले अदालतकै ढोकामा पुगेर किन नहोस्, मनपरी नियन्त्रण गर्नुपर्छ । ऋणी ‘ख’ र बैंक ‘क’ वर्ग होइन, दुवै समान वर्ग हुने वातावरण बनाइनुपर्छ । जसरी ऋणीका लागि बैंक चाहिन्छ, बैंकका लागि ऋणी पनि चाहिन्छ । त्यो दुवैले बुझ्नुपर्छ । न ऋणीले चाहेर ब्याज घटाउन सकोस्, न बैंकले चाहेर बढाउन ।

श्रोत: कान्तिपुर, फाल्गुन १६, २०७३

Wednesday, May 17, 2017

सेयर बजारको कथा : बाँदर अनि बाख्रा

नामपुर गाउँका किसान बाँदरको अनियन्त्रित कृयाकलापबाट हैरान थिए । गाउँको फाँटमा कहिलेकाँही ठुलो संख्यामा किसानहरु भेला हुन्थे । अनि कसरी किसानी गरेको अन्नपात बाँदरबाट जोगाएर धेरै पैसा कमाउन सकिन्छ भन्ने बिषयमा घनिभुत छलफल गर्थे । तर परम्परागत खेतीले को पो धनी हुन सक्थ्यो र ! उनीहरुको छलफल औपचारिकतामा मात्र सिमित हुन्थ्यो । ..
मकैबाली गोडमेल गरे पछि फेरि गाउँमा किसानहरुको भेला भयो ।


‘हैन यी बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।’ इन्द्रले पीडा पोख्यो ।

‘के भन्छ यो ? बाँदर पनि कसैले किन्छ ? लौ बाँदर किन्ने कोही आयो नै भने पनि हामीले गर्ने चैं के ?’ दिलेन्द्रले इन्द्रलाई प्रतिप्रश्न गर्यो ।

‘हैन बाँदरको बारेमा तलको बजाराँ खुलेको एउटा के नाम त्यो .... कम्पनी छ नि त्यसले सोधिखोजी गरिरहेको थियो है । कुरो के रहेछ बुझ्न पो जाने होलां, केही उपाय निस्किन्छ कि ।’ श्याम बोल्यो ।

‘हजुर हामी यो कम्पनीको प्रमुख दिनेश सरलाई भेट्न आएका ।’ - हुल बाँधिएर गएका किसान मध्येको श्यामले गाउँ नजिकको बजार क्षेत्रमा रहेको कम्पनीको रिसेप्सनमा बसेकी गोरी युवती (देविका) लाई जिज्ञासा राख्यो ।

एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।’

-‘हवस, हामी यहि पर्खिन्छौं ।’

तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।’ युवतीले गाउँले किसानको नेतृत्व गरिरहेको श्यामलाई भन्छे ।

'नमस्ते सर ।’ केही भित्र पसेर एउटा तला माथि चढे पछि बाँया तर्फको सुविधासम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा दिनेश साहुलाई नमस्ते ठोक्छन् ।

‘नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?’

‘हजुर आराम छौं ।’

‘तपाईको नाम इन्द्रबहादुर हैन ? अस्ति पर टारमा बाँदर लखेट्दै गरेको बेला भेट भएको थियो नि ।’ दिनेश साहुले सोधे ।

‘हो हजुर । हजुरहरुसंग सानो सहयोग माग्न पो आएका हामी त ।’ इन्द्रले जवाफसंगै सहयोग माग्यो ।
‘कस्तो सहयोग ?'

‘मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । लौन हाम्रो आम्दानी कसरी जोगाउने होला ?’ खचाखच भरिएको कोठाको कुनामा भित्तापट्टि भुँईमा टुसुक्क बसेको दिलेन्द्रले आफ्नो अघिल्तिर रहेको भिडभन्दा अगाडी बडेमानको कुर्सीमा बसेको दिनेश साहुलाई समस्या पोख्यो ।

कुर्सी अलिकति घुमाउँदै दिनेश साहुले भने 'हामीलाई एउटा बिदेशी औषधी कम्पनीले बाँदरमा औषधीको परीक्षण गर्न ठूलो संख्यामा बाँदर माग गरेको छ । तपाईहरु दिनसक्नुहुन्छ त ?'
‘सर हामी तयार छौं ।’

मकै पनि जोगिने बाँदर समातेर ल्याँउँदा आम्दानी पनि हुने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।

'हामीलाई चाहिएको बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैंया दिन्छौं । अब बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने अनि मकैबाली पनि जोगिने ।’ दिनेश साहुले सबै किसानलाई आश्वास्त पार्न खोजे ।

‘हामीले बाँदर बेच्ने रे ? अनि तपाईको कम्पनीले किन्ने ?’ अचम्म मान्दै श्यामले थप जिज्ञासा राख्यो ।

भुँईमा बसेको भिडको मध्य भागबाट फेरि दिनेश साहु बसेको कुर्सीमा हेर्दै रामबीरले थप्यो ‘बाँदर मुला जति पनि छन नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं सर, हामीलाई पैसा कमाउनु छ ।’

रामबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो

‘हो सर हामी तपाईलाई बाँदर बेच्न तयार छौं ।’

गाउँलेहरु बाँदर खोज्न जंगल पसे, पाँसो थापे, कसैको पाँसोमा दुई दुई वटा बाँदर पर्यो । बाँदर समात्ने क्रममा हर्कको हातमा बाँदरले टोकिदियो पनि ।

५२ जना गाउँलेले ७० वटा बांदर बन्द ट्रकमा लादेर दिनेश साहुको कम्पनीसम्म पुर्याएर एकमुष्ट रकम बुझे ।

बाँदर बेचेको अबसरमा गाउँमा ठूलो भोज चल्यो । यस अघि एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, सबैका गोजी रित्तिए ।

क्रमश:

*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***


Monday, January 16, 2017

प्रभु बैंकले गर्यो ६ महिनामै एक अर्ब ११ करोड नाफा, एक खर्ब १३ करोड डुबेको ऋण उठायो ।

काठमाडौं। प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले डुबेका कर्जाहरु उठाएर नाफा बढाएको हो। गत बर्षको पुससम्म बैंकको नाफा जम्मा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो।

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले खराव कर्जा अनुपातलाई पनि घटाएको छ। गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ।



Source: bizmandu

Sunday, January 1, 2017

घाटा नखाने भए यसरी गर्नुस लगानी ।

ती धेरै लगानीकर्ता जस्ले सेयर बजारमा पैसा गुमाइराखेका छन ती हुन तपाईं र म जस्तै थुप्रै साना तथा नयाँ लगानीकर्ता जो लगानीकानिम्ति अनालाइन मिडिया र सामाजिक सन्जालमा लेखिएका पोस्टहरु हेरेर लगानी गर्ने गर्दछौ । सेयर बजारबाट पैसा कमाउनकानिम्ति सहि ज्ञान अनि अनुशासनको खाचो रहन्छ । तर हामीजस्ता साना तथा नयाँ लगानीकर्तामा न त सहि ज्ञान छ, न त अनुशासन नै ! त्यसैले त हामीहरुले पैसा गुमाइराखेका छौ । यहाँ म लगानीका त्यस्ता १० शुत्र बताउन गईराखेको छु, जुन शुत्रहरुलाई तपाईले आफ्नो लगानीमा अनुसरण गर्नुभयो भने अबदेखि तपाइले सेयरबजारमा कहिल्लै पैसा गुमाउन पर्नेवाला छैन ।



Source: arthasarokar.

Thursday, December 29, 2016

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो ।

Saturday, December 10, 2016

सेयर बजारको तपाई कस्तो लगानीकर्ता हो ?

नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।



Source: nepalipaisa

बजार घट्दा चिन्तित हुनुहुन्छ ? यसो गर्नुस् झरिरहेको बजारबाट पनि लाभ लिन सकिन्छ ।

काठमाडौं : सेयर बजार सुस्त हुँदै गएको छ । यो साता परिसूचकमात्र होइन, कारोबार रकममा पनि ह्रास देखियो । यो क्रमले अझै केही समय निरन्तरता पाउने सम्भावना बढेको छ ।

घट्दो बजारमा कसरी लगानी रणनीति अघि बढाउने पक्षमा अब लगानीकर्ता सचेन हुन आवश्यक छ । बजार बढेका बेला जस्तासुकै कम्पनीको पनि सेयर भाउ बढ्ने प्रवृत्ति हुन्छ । बुलिस ट्रेन्डमा पुँजीगत लाभ नै बेस्सरी हुने भएकाले लगानीकर्ताको ध्यान खासै लाभांशतिर गएको हुँदैन ।



Source: nepalipaisa

Stock Update Nepal -Share Sikchhya Karyakram With Mr. Sandeep Rana.

This video clip shows a presentation given by Mr. Sandeep Rana, MD. Sharesansar.com, on the balance sheet published by different companies and its profit and loss, major ratio, quarterly reports, EPS, P/E Ratio, etc.

Republished for Stock Market Education, Information and Knowledge.



Video source: Bazaar Guru

Monday, December 5, 2016

आज पनि झ¥यो सेयर बजार, तर कमाउनेले कमाए, हेर्नुहोस् कमाउने कम्पनी !

काठमाण्डौं । सेयर बजार आज साताको दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । नेप्से परिसूचक २६.३५ अंकले घटेर १५४४.६० अंकमा बन्द भएको छ ।



Source: arthatantra

Sunday, November 27, 2016

लगानीकर्ता घाटा खाँदै सेयर बेच्दै, धितोपत्र बोर्डका अधिकारी चलखेल गरी कुस्त कमाउँदै ।

विश्लेषक भन्छन्न -'नआत्तिनूू', बजार धेरै घट्दैन, लगानीकर्ता भन्छन्-'ठालूको एकाधिकार तोडिनुपर्यो' ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा सर्किट ब्रेकर लाग्यो र १५ मिनेट बन्द भएर खुलेको बजार पुनः ६४.५५ अंकले घटेर बजार बन्द भयो । दैनिकजसो पूँजीबजारमा ठूलो पहिरो जान थालेपछि लगानीकर्ताहरुको मनोबल गिरेको छ भने त्रासका बीच आगामी दिनमा साधारण लगानीकर्ताले सेयरमा लगानी गर्ने अवस्था देखिदैन । आखिर बजारमा के भइरहेको छ यस्तो ? बियरिस बाटो समातेको पूँजीबजार थामिएला कि नथामिएला ? कि बजार अझै घटेर १ हजारको हाराहारीमा त पुुग्ने होइन ? कस–कसको कारण बजारमा यस्तो अवस्था आइरहेको छ ? आम लगानीकर्ताको मनमा अहिले यस्तै चासोहरु उब्जिरहेका छन् ।


market shock
Source: bizshala

Thursday, November 3, 2016

आकाशियो सुनको भाउ, चाँदीको पनि बढ्यो !

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढ्न पुगेकोछ । आज सुन तोलाको ५७ हजार ७ सय पुगेको हो ।


Source: arthatantra

Sunday, October 23, 2016

सेयरमा पुलिंग अपराधबाट बच्नुहोस् ! कतै तपाईको रकम डुब्ने खतरा त छैन ?

काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।



Source: arthatantra

Thursday, October 13, 2016

सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ !

पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ ।



Source: arthatantra

Monday, October 10, 2016

Meet the Man Who Lost $14 Billion in 30 Minutes (with Video)

May 20th was a very bad day for Li Hejun.

Most of us would be dismayed at losing $14 in thirty minutes, much less $14 billion. One of China’s richest men recently did just that, losing $14 billion due to a stock collapse.

Unless you have been keeping up on foreign solar energy stocks or the Hong Kong stock market, you have probably never heard of Li Hejun or Hanergy Thin Film Power Group Ltd.


Li Hejun, Chairman and CEO of Hanergy Holding Group Limited, attends a press conference
at the headquarters of Hanergy Holding Group in Beijing, China, June 17, 2015.

शेयर बजार वृद्धिको समयमा उच्च मुनाफा कमाउन , यस्तो समयमा बजारबाट निस्किनु होस ।

अहिले दिन प्रतिदिन शेयरहरु नयाँ उचाईमा पुगेको थियो । यस्तो अवस्थामा यदि तपाईले शेयर किनुभएको छ भने धेरै मूल्य बढेको हुन्छ । यस्तो अवस्थामा तपाई दुविधामा पर्न सक्नु हुन्छ कि अब आफुसंग भएको सबै शेयर बिक्रि गरु कि अझै केहि समय पर्खु भने सोच पनि आउन सक्छ। सहि समयमा निर्णय लिनसक्नु भएन भने घाटा पनि ब्यहोनु पर्ने अवस्थाको सिर्जना हुन सक्छ। यो हरेक लगानीकर्ताको स्भाविक समस्या हो । केहि कुराहरुमा विचार पुर्याएको अवस्थामा शेयर लगानीबाट राम्रो प्रतिफल पाउन सक्नु हुन्छ ।



Source: aarthiknews

Sunday, October 9, 2016

Nepali Movie: Aasha (आशा) - The Hope Based on Stock Market of Nepal


If you are dreaming of earning money by investing in stock market, watch this movie carefully. This movie shows both aspects of business in the stock market in local public terms.

Republished for Information, Knowledge and Awareness.

Source: Share Update Nepal

AddToAny