Showing posts with label Rate. Show all posts
Showing posts with label Rate. Show all posts

Sunday, June 4, 2017

विचार/विश्‍लेषण: बैंकको ब्याज !

एक मित्रले एउटा बैंकबाट घर बनाउन ऋण लियो । १० प्रतिशत ब्याजमा लिएको ऋण केही वर्षअघि बढाएको बढायै गरेर १६ प्रतिशत पुग्यो । बीचमा यस्तो अवस्था आयो, बैंकहरूले ब्याज घटाउन थाले । नयाँ ऋणीले ६ प्रतिशतसम्ममा पाउन थाले । उसको १६ प्रतिशत घटेन । ऋणीलाई एक शब्द नसोधी आफूखुसी ब्याज बढाउने बैंकले आफैं घटाउने त कुरै थिएन, आग्रह गर्दा बल्ल १३ मा झार्‍यो । त्यसबाट तल झार्न टसको मस भएन । उसले अर्को बैंकमा ऋण सार्न चाह्यो । त्यहाँ साढे ७ प्रतिशतमा पायो । जग्गाको पुन: मूल्यांकन, सेवा शुल्कसहित जोड्दा ५० हजारभन्दा बढी अतिरिक्त खर्च गरेर ऋण सार्‍यो । एक वर्ष नभई उसले पनि बढाउन थाल्यो । ११ प्रतिशत पुर्‍याइसकेको छ ।


फेरि अर्कामा सारौ भने सबैले मिलेर ब्याज बढाएका छन् । केही समयपछि ब्याज घटाउने लहर चल्यो भने उसको घट्दैन । बरु अर्कामा सार्न ‘अफर’ आउँछ । त्यति बेला हजारौं सेवा शुल्क र प्रशासनिक खर्च लाग्छ । यसरी ब्याजलाई वल्टाइपल्टाइ गर्ने ‘लंगुरबुर्जा’ खेलाउने आकर्षक कार्यालय भएका निकायलाई हामी बैंक भनिरहेका छौं । तिनले ब्याजको यस्तो खेल खेलाउँछन् जसमा आफू कहिल्यै हार्दैनन् । कसैलाई घरिघरि जिताएजस्तो गराएर धेरैलाई लोभ्याउँछन्, खेल्नेलाई जहिल्यै हराइदिन्छन् । अनि, वर्ष–वर्षमा फलाना बैंकको यति अर्ब नाफा, उति अर्ब नाफा भनेर तथ्यांक सार्वजनिक गर्छन् । त्यसो गर्दा मैले कति ऋणीलाई रुवाएँ, अनधिकृत पैसा कति उठाएँ भनेर कहिल्यै खुलाउँदैनन् ।

अहिले सर्वसाधारण त्यसरी नै रोइरहेका छन् । बैंकले आफूखुसी बढाएको ब्याज चुपचाप तिर्न बाध्य छन् । कुनै व्यवसाय गर्नेले पहिला योजना बनाउनुपर्छ, बजेटिङसहित । त्यही आधारमा ऋण लिएका हुन्छन् । ब्याज यति तिर्नेछु भनेर खाका बनाएका हुन्छन् । बैंक पनि बैंक पद्धतिबाट चल्नुपर्छ, योजना हुनुपर्छ । बैंकलाई अनुमति दिंदै उसका कार्ययोजना हेरिनुपर्छ । त्यसमा कर्जा र बचतको ब्याज, त्यसको प्रतिफल, सम्भावित लगानी र बचतका क्षेत्र, त्यसको स्थिरतालगायत केलाउनुपर्छ । ब्याज घटाउने र बढाउने गर्न पाइने छैन भन्ने कडा सर्त राखिनुपर्छ । तर, नाफा घट्नुलाई बैंकहरू घाटा भन्छन् । कहिले घटी, कहिले बढी नाफा अवश्य हुन्छ । त्यसमा आत्तिएर सर्वसाधारणमाथि भारी बोकाउँछन् । बैंक कुन त्यस्तो सर्वाधिकारसम्पन्न व्यवसाय हो, जसलाई लापरबाही गरेर चलाउँदा पनि नाफा नै हुन छुट मिलोस् ? त्यसमा राष्ट्र बैंकले अंकुश लगाइदिनुपर्छ । 

बजारमा आर्थिक हलचल हुनासाथ हल्लिनु बैंकको आफ्नो कमजोरी हो । आफ्नो गल्तीको सजाय ऋणीलाई दिनु हुँदैन । तिर्न सक्ने हैसियत वा स्रोत छ/छैन हेरेर, तौलिएर बैंकले ऋण प्रवाह गरेका हुन्छन् । उसलाई ब्याज बढाएर त्यसभन्दा बढ्ता भार बोकाउँदा तिर्न सक्दैन भन्ने सर्वसिद्ध विषय हो । त्यो ऋण डुब्ने जोखिम हुन्छ । त्यसैले बेला–बेला ब्याज बढाउने बतासे काममा बैंक लाग्नुहुँदैन । बजारमा उपभोग्य वस्तुको मूल्य बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । बैंकको ब्याज बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । तिनको कमाइँचाहिँ कहिल्यै नबढ्ने । कहाँबाट सक्छन् धान्न ? राष्ट्र बैंकले त्यस्ता ऋणीलाई किन कहिल्यै हेर्दैन ? 

अर्कातिर संस्था बचाउने नाममा सर्वसाधारण मार्ने नीति नियम अन्त्य गरिनुपर्छ । ‘आवश्यक परे बैंकले स्वविवेकले ब्याज घटबढ गर्न सक्नेछ’ भने ऋण लिंदा कागजमा सर्त घुसाउन बन्द गरिनुपर्छ । जसरी सर्तअनुसार नतिर्दा ऋणीको धितो लिलाम हुन्छ, बैंकले सर्त उल्लंघन गर्दा उसको के लिलाम गर्ने ? ऋणी टाट पल्टिँदा बैंकले जायजेथाबाट उठाउन मिल्ने, बैंक टाट पल्टिन थाल्यो भने चाहिँ ऋणीले नै जायजेथा बेचेर बढी ब्याज तिरी नाफा दिलाइदिनुपर्ने ? बैंकलाई यस्तो जथाभावी गर्ने असीमित अधिकार कसले दियो ? किन त्यसमा कोही बोल्दैन ? 

सत प्रतिशतसम्म लगानी, ६ प्रतिशतभन्दा तल ब्याजमा सवारी साधन किन्न बैंकले माछा पसलमा जस्तो ग्राहक बोलाउँदा राष्ट्र बैंक टोलाएर बस्यो । त्यसरी पैसा सकेपछि लगानीयोग्य पुँजी कहाँबाट रहन्छ ? गत वर्ष ब्याज घटाउने होडबाजी चल्यो, यति बेला बढाउने । त्यो पनि बैंकलाई फाइदै फाइदा दिलाउने नाममा । बैंक डुब्न लागे भने जोगाउने काम राज्यको हो, सर्वसाधारणको होइन । 

बकम्फुसे ‘अफर’ ल्याएर ह्वार्र पैसा बटुल्ने, जथाभावी छर्ने, अनि पैसा छैन भनेर फेरि ऋणको ब्याज बढाउने– कहाँसम्मको अत्याचार हो ? सस्तो ब्याजमा दिन्छु भन्दै एउटा बैंकको ऋणीलाई अर्को बैंकमा तान्ने, अनि केही समयमा ह्वात्तै ब्वाज बढाएर ढाडमा बञ्चरोले हान्ने– कहाँसम्मको नीचता हो ? खोज्दै जानुभयो भने बैंकहरूको कार्टेलिङले उपभोक्ता सताइएका छन् । कर्जाको ब्याज बढाउँदा सबै मिल्छन् । विस्तारै केही खुकुलो देखिन्छन् । एउटाको ग्राहक अर्काले तान्छन् । सेवा शुल्कका नाममा उसबाट असुल्नु असुल्छन् । फेरि ब्याज बढाएर थला पार्छन् । राज्य टुलुटुलु हेर्छ । बैंक बदल्ने ऋणी कति छन्, के आश्वासनमा बदले, उता गएर कसरी फसे भन्ने राष्ट्र बैंकले कहिल्यै अध्ययन गरेको छ ? 

त्यसैले अब ऋणीले पनि अधिकारका लागि बोल्नु जरुरी छ । कागजमा जति लेखिएको छ, त्यति ब्याज तिरेर चुपचाप बस्ने बेला भएको छ । त्यसमा बैंकले गडबड गरे र ऋणीका पक्षमा राष्ट्र बैंक नबोले अदालतकै ढोकामा पुगेर किन नहोस्, मनपरी नियन्त्रण गर्नुपर्छ । ऋणी ‘ख’ र बैंक ‘क’ वर्ग होइन, दुवै समान वर्ग हुने वातावरण बनाइनुपर्छ । जसरी ऋणीका लागि बैंक चाहिन्छ, बैंकका लागि ऋणी पनि चाहिन्छ । त्यो दुवैले बुझ्नुपर्छ । न ऋणीले चाहेर ब्याज घटाउन सकोस्, न बैंकले चाहेर बढाउन ।

श्रोत: कान्तिपुर, फाल्गुन १६, २०७३

Wednesday, May 17, 2017

सेयर बजारको कथा : बाँदर अनि बाख्रा

नामपुर गाउँका किसान बाँदरको अनियन्त्रित कृयाकलापबाट हैरान थिए । गाउँको फाँटमा कहिलेकाँही ठुलो संख्यामा किसानहरु भेला हुन्थे । अनि कसरी किसानी गरेको अन्नपात बाँदरबाट जोगाएर धेरै पैसा कमाउन सकिन्छ भन्ने बिषयमा घनिभुत छलफल गर्थे । तर परम्परागत खेतीले को पो धनी हुन सक्थ्यो र ! उनीहरुको छलफल औपचारिकतामा मात्र सिमित हुन्थ्यो । ..
मकैबाली गोडमेल गरे पछि फेरि गाउँमा किसानहरुको भेला भयो ।


‘हैन यी बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।’ इन्द्रले पीडा पोख्यो ।

‘के भन्छ यो ? बाँदर पनि कसैले किन्छ ? लौ बाँदर किन्ने कोही आयो नै भने पनि हामीले गर्ने चैं के ?’ दिलेन्द्रले इन्द्रलाई प्रतिप्रश्न गर्यो ।

‘हैन बाँदरको बारेमा तलको बजाराँ खुलेको एउटा के नाम त्यो .... कम्पनी छ नि त्यसले सोधिखोजी गरिरहेको थियो है । कुरो के रहेछ बुझ्न पो जाने होलां, केही उपाय निस्किन्छ कि ।’ श्याम बोल्यो ।

‘हजुर हामी यो कम्पनीको प्रमुख दिनेश सरलाई भेट्न आएका ।’ - हुल बाँधिएर गएका किसान मध्येको श्यामले गाउँ नजिकको बजार क्षेत्रमा रहेको कम्पनीको रिसेप्सनमा बसेकी गोरी युवती (देविका) लाई जिज्ञासा राख्यो ।

एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।’

-‘हवस, हामी यहि पर्खिन्छौं ।’

तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।’ युवतीले गाउँले किसानको नेतृत्व गरिरहेको श्यामलाई भन्छे ।

'नमस्ते सर ।’ केही भित्र पसेर एउटा तला माथि चढे पछि बाँया तर्फको सुविधासम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा दिनेश साहुलाई नमस्ते ठोक्छन् ।

‘नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?’

‘हजुर आराम छौं ।’

‘तपाईको नाम इन्द्रबहादुर हैन ? अस्ति पर टारमा बाँदर लखेट्दै गरेको बेला भेट भएको थियो नि ।’ दिनेश साहुले सोधे ।

‘हो हजुर । हजुरहरुसंग सानो सहयोग माग्न पो आएका हामी त ।’ इन्द्रले जवाफसंगै सहयोग माग्यो ।
‘कस्तो सहयोग ?'

‘मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । लौन हाम्रो आम्दानी कसरी जोगाउने होला ?’ खचाखच भरिएको कोठाको कुनामा भित्तापट्टि भुँईमा टुसुक्क बसेको दिलेन्द्रले आफ्नो अघिल्तिर रहेको भिडभन्दा अगाडी बडेमानको कुर्सीमा बसेको दिनेश साहुलाई समस्या पोख्यो ।

कुर्सी अलिकति घुमाउँदै दिनेश साहुले भने 'हामीलाई एउटा बिदेशी औषधी कम्पनीले बाँदरमा औषधीको परीक्षण गर्न ठूलो संख्यामा बाँदर माग गरेको छ । तपाईहरु दिनसक्नुहुन्छ त ?'
‘सर हामी तयार छौं ।’

मकै पनि जोगिने बाँदर समातेर ल्याँउँदा आम्दानी पनि हुने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।

'हामीलाई चाहिएको बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैंया दिन्छौं । अब बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने अनि मकैबाली पनि जोगिने ।’ दिनेश साहुले सबै किसानलाई आश्वास्त पार्न खोजे ।

‘हामीले बाँदर बेच्ने रे ? अनि तपाईको कम्पनीले किन्ने ?’ अचम्म मान्दै श्यामले थप जिज्ञासा राख्यो ।

भुँईमा बसेको भिडको मध्य भागबाट फेरि दिनेश साहु बसेको कुर्सीमा हेर्दै रामबीरले थप्यो ‘बाँदर मुला जति पनि छन नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं सर, हामीलाई पैसा कमाउनु छ ।’

रामबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो

‘हो सर हामी तपाईलाई बाँदर बेच्न तयार छौं ।’

गाउँलेहरु बाँदर खोज्न जंगल पसे, पाँसो थापे, कसैको पाँसोमा दुई दुई वटा बाँदर पर्यो । बाँदर समात्ने क्रममा हर्कको हातमा बाँदरले टोकिदियो पनि ।

५२ जना गाउँलेले ७० वटा बांदर बन्द ट्रकमा लादेर दिनेश साहुको कम्पनीसम्म पुर्याएर एकमुष्ट रकम बुझे ।

बाँदर बेचेको अबसरमा गाउँमा ठूलो भोज चल्यो । यस अघि एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, सबैका गोजी रित्तिए ।

क्रमश:

*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***


Saturday, November 5, 2016

बैंकहरूको ‘सिन्डिकेट’ शैली ।

धेरै बैंकहरूले एकैदिन लगभग समान दरले कर्जाको ब्याज बढाए । बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा बढाउनु अस्वाभाविक मानिएको हो ।

कार्तिक २०, २०७३- करिब ३ वर्षदेखि अधिक तरलता (लगानी योग्य रकम धेरै भएको अवस्था) को समस्या भोगिरहेको नेपाली वित्तीय क्षेत्र यतिबेला ठिक विपरीत स्थितिमा छ । खासगरी भारतीय नाकाबन्दी खुलेपछि बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह उल्लेख्य बढेको छ ।


Source: kantipur

Thursday, November 3, 2016

आकाशियो सुनको भाउ, चाँदीको पनि बढ्यो !

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढ्न पुगेकोछ । आज सुन तोलाको ५७ हजार ७ सय पुगेको हो ।


Source: arthatantra

Tuesday, October 18, 2016

ब्याजदरको भूतले पूँजीबजारमा झट्का !

कारोबार रकम १३ करोड कम, तिहारपछि बजार बुम हुने विश्लेषकको दाबी ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जातर्फको ब्याजदर बढाउन थालेपछि यसको प्रभाव पूँजीबजारमा पर्न थालेको देखिएको छ । 

ब्याजदरमा वृद्धि, दशैंको चहलपहलपछि बजारमा यथेष्ठ लगानीकर्ता अझै उपस्थित हुन नसक्नु र अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका कारण नाफा बुक गरेर सेयर बिक्री गर्ने चाप बढेपछि आइतबार र सोमबारको तुलनामा मंगलबार पूँजीबजार थप सुस्ताएको छ ।


Nepse down
Source: bizshala

Saturday, October 8, 2016

दशैंमा सुनको भाउ तीन हजार घट्यो, किन्ने हैन त !

काठमाडाैं, असाेज २२ पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । असोज ९ गते ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको सुन लगातार घटेर शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई साताको बिचमा गएको बुधबार एकै दिन सुन तोलामा ११ सय रुपैयाँले घटेको थियो ।



Source: arthatantra

Tuesday, September 20, 2016

मुक्तिनाथको ५० प्रतिशत हकप्रद आबेदन असोज २१ गते खुल्ने

मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्री गर्न भाद्र ३० गते सेयरधनी किताब बन्द गरेकोमा असोज २१ गतेदेखि हकप्रद आबेदन खोल्ने भएको छ । बैंकले यही असोज २१ गतेबाट एक सय रुपैयाँ अंकित दरका ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदमा कात्तिक २५ गतेसम्म आवेदन गर्न सकिनेछ ।






Source: merolagani

AddToAny