Showing posts with label Tihar. Show all posts
Showing posts with label Tihar. Show all posts

Saturday, October 21, 2017

यसरी शुरु भयो नेवार समुदायको मौलिक पर्व म्हः पूजा !

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन् ।


यतिखेर नेपाली समाज तिहारमय भएको छ । सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हः पूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ ।

म्हः पूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हः पूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।

म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ । मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ ।


Saturday, November 5, 2016

सेयर बजारमा सोमबार के होला ? कता जाला नेप्से ?

काठमाडौं : तिहारपछि पुँजी बजारमा के होला भन्न जिज्ञासा अझै मेटिएको छैन । यो साता जम्मा एक दिनमात्र सेयर कारोबार भयो । 

तिहार विदापछि एक दिनमात्र खुलेको बजारले झिनो आशा भने देखाएको छ । बजार नाप्ने नेप्से परिसूचक सामान्य वृद्धि भए पनि कारोबार रकम भने खासै उत्साहित देखिएन । 

यसआधारमा बजारको धड्कन अनुमान गर्न आगामी साता निकै महत्वपूर्ण हुन सक्ने विश्लेषकहरूले बताइरहेका छन् । किन भने आउने साता आइतबारबाहेक चार दिन बजार खुल्नेछ ।




Source: nepalipaisa

Wednesday, November 2, 2016

सेयर बजारमा अब के होला ? एनआरएन भित्र्याउने कार्डले कत्तिको काम गर्ला ?

काठमाडौं : दसैंपछि सुस्त हुन थालेको सेयर बजार तिहारसम्म पनि खासै सुधार हुन सकेको छैन ।

बजार लामो समयसम्म सुस्त हुँदा केही हदसम्म लगानीकर्ता हैरान पनि हुन थालेका छन् । त्यसो त तिहार अघि बजारले हरियो रुप देखाएरै बन्द भएको छ । यसले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भने गराएको अवस्था छ ।

कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका अनि बजारमा हकप्रदको रौनकसमेत बाँकी रहेको अवस्थामा नेप्से सुस्त हुँदा बजारमा अनेक थरीका अड्कलबाजी हुन थालेका छन् ।


Source: nepalipaisa

Saturday, October 22, 2016

नेपाल हाइड्रोको आइपीओ तिहार लगतै (हेरौं कस्तो छ कम्पनी) ।

काठमाडौं, कात्तिक ४ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले तिहार लगतै २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि पहिलो चरणमा यो संख्यामा शेयर जारी गर्न लागेको हो । केहि महिनाको अन्तरालमै दोस्रो चरणमा सर्वसाधारणलाई शेयर जारी गर्ने योजना रहेको छ ।



Source: aarthiknews

Tuesday, October 18, 2016

ब्याजदरको भूतले पूँजीबजारमा झट्का !

कारोबार रकम १३ करोड कम, तिहारपछि बजार बुम हुने विश्लेषकको दाबी ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जातर्फको ब्याजदर बढाउन थालेपछि यसको प्रभाव पूँजीबजारमा पर्न थालेको देखिएको छ । 

ब्याजदरमा वृद्धि, दशैंको चहलपहलपछि बजारमा यथेष्ठ लगानीकर्ता अझै उपस्थित हुन नसक्नु र अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका कारण नाफा बुक गरेर सेयर बिक्री गर्ने चाप बढेपछि आइतबार र सोमबारको तुलनामा मंगलबार पूँजीबजार थप सुस्ताएको छ ।


Nepse down
Source: bizshala

AddToAny