Showing posts with label Religion. Show all posts
Showing posts with label Religion. Show all posts

Saturday, October 21, 2017

यसरी शुरु भयो नेवार समुदायको मौलिक पर्व म्हः पूजा !

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन् ।


यतिखेर नेपाली समाज तिहारमय भएको छ । सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हः पूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ ।

म्हः पूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हः पूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।

म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ । मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ ।


Saturday, October 8, 2016

कसले लग्यो एक करोडको च्याङग्रा ! (भिडियो)



कसले लग्यो एक करोडको च्याङग्रा ? करोडौको भेडाच्यांग्रा किनेर बनमा छाड्ने पैसा कसले दियो ? काट्नको लागि ल्याएको च्याङ्ग्रा बचाउनको लागि १ करोड खर्च-भिडियो सहित !

Republished for Information, Awareness & Knowledge.

Source: ek Channel

AddToAny