Showing posts with label Announcement. Show all posts
Showing posts with label Announcement. Show all posts

Saturday, September 9, 2017

दशैंसँगै साधारण सभाको चटारो, लगानीकर्तालाई भ्याईं नभ्याईं ! (हेरौं, कुन कम्पनीका कहिले के के प्रस्ताव ?)

आर्थिक बर्षको समाप्तीसँगै र नजिकिदो दशैंसँगै विभिन्न कम्पनीहरुले आ-आफ्नो साधारण सभाको मिति तय गरेका छन् । दशैं अघि मात्रै १६ कम्पनीले साधारण सभाको घोषणा गरेका छन् । यसरी कम्पनीले साधारण सभाको घोषण गरे सँगै लगानीकर्तालाई भने कुन कम्पनीको के के प्रस्ताव पारित हुँदैछ भन्ने तर्फ ध्यान जाने गरेको पाइन्छ ।


नेपाली सेयर बजारमा नगदभन्दा सेयर लाभांशमा लोभीने लगानीकर्ता धेरै छन् । त्यसैले कुन कम्पनीले धेरै बोनस दिन्छ र सेयर किनौँला भनेर प्रतिक्षा गर्नेको पनि कमि छैन ।

फलत: लाभांश घोषणा गर्ने वित्तिकै जुनसुकै कम्पनीहरुको सेयर मूल्य बढ्ने गरेको देखिन्छ । खासगरी नयाँ लगानीकर्ता लाभांश घोषणा हुने वित्तिकै सेयर खरिद गर्ने तर्फ लाग्ने गरेको ब्रोकरहरु बताउँछन् ।

हालसम्म ३ बाणिज्य बैंक, ३ माइक्रोफाइनान्स कम्पनी, २ जलविद्युत् कम्पनी, ५ इन्स्योरेन्स कम्पनी, २ क्यापिटल र नेपाल क्लियरिङ हाउसले साधारण सभाको मिति तय गरेका छन् ।

भदौभित्र साधारणसभा गर्ने कम्पनी ६ रहेका छन् । जसमध्ये एनआईसी एसिया क्यापिटलले भदौ २२ गते, प्राईम लाईफ इन्स्योरेन्सले भदौ २७ गते र नेपाल इन्स्योरेन्सले भदौ २९ गते साधारणसभा आह्वान गरेका छन् । 

भदौ ३० गते नेपाल इन्स्योरेन्स, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावर गरि ३ कम्पनीले साधारणसभा बोलाएका छन् । ङादी ग्रुप पावरले असाेज ४ गते तथा असोज ६ गते सानीमा क्यापिटल, प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउस गरि ३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

आउनुहोस् हेरौं, यस दशैंसँगै कुन कुन कम्पनीका कुन मितिको साधारण सभामा के के प्रस्ताव गर्दै छन् त?

आर्थिकन्यूज

उल्लेखित १६ विभिन्न कम्पनीका साधारण सभा सम्बन्धित सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

श्रोत: आर्थिकन्यूज, २०७४ भदौ २४ शनिबार 

यो पनि पढ्ने कि !

Friday, December 9, 2016

स्वाबलम्बनको बुक क्लोज कहिले, ५४ ।प्रतिशत लाभांश बुक गर्ने मिति याद गर्नुस् ।

काठमाडौ–स्वाबलम्बन लघुवित्त विकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ ।स्वाबलम्बनले आगामी पुस ४ देखि पुस २० गतेसम्म बुक क्लोज मिति तोकेको हो ।



Source: arthasansar

Saturday, November 19, 2016

सेयर बजार आइतबार होला त बाउन्स ब्याक ?

काठमाडौं : एभरेस्ट बैंक र नेसनल लाइफ इन्सुरेन्स कम्पनीले समेत सेयर बजार ओरालो लाग्नबाट जोगाउन नसकेपछि लगानीकर्ता निकै हदसम्म निराश भएका छन् ।

७० प्रतिशत बोनस सेयर र ३३.३३ प्रतिशत हकप्रद गरी एक सय प्रतिशत अनुपातमा लाभांश दिने घोषणा गरेको एभरेस्टको भाउसमेत तल झरेको छ ।



Source: nepalipaisa

Wednesday, November 2, 2016

सेयर बजारमा अब के होला ? एनआरएन भित्र्याउने कार्डले कत्तिको काम गर्ला ?

काठमाडौं : दसैंपछि सुस्त हुन थालेको सेयर बजार तिहारसम्म पनि खासै सुधार हुन सकेको छैन ।

बजार लामो समयसम्म सुस्त हुँदा केही हदसम्म लगानीकर्ता हैरान पनि हुन थालेका छन् । त्यसो त तिहार अघि बजारले हरियो रुप देखाएरै बन्द भएको छ । यसले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भने गराएको अवस्था छ ।

कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका अनि बजारमा हकप्रदको रौनकसमेत बाँकी रहेको अवस्थामा नेप्से सुस्त हुँदा बजारमा अनेक थरीका अड्कलबाजी हुन थालेका छन् ।


Source: nepalipaisa

Wednesday, October 12, 2016

हकप्रद जारी गर्ने कम्पनी अब मर्जरमा जान नपाउने, नमान्नेलाई कारबाही ।

हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरु अब मर्जरमा जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासनपछि मात्र मर्जर तथा एक्विजिसनमा जाने व्यवस्था गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा हकप्रद सेयर निष्कासन गर्ने भनेर चलखेल गरी मर्जर तथा एक्विजिसनमा जाने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले दसैंलगत्तै त्यो व्यवस्था गर्ने गरी तयारी भइरहेको समेत जानकारी गराएको छ ।



Source: bankingkhabar

Thursday, September 29, 2016

आगामी मंगलबारदेखि इडिभीको आवेदन खुल्ने ।

पुरानो फोटो दोहोर्याउन नपाइने, चश्मा लगाउन प्रतिबन्ध ।

काठमाण्डौ । नेपालीमाझ आकर्षक अमेरिकी इलोक्टोनिक्स डाइभर्सिटी भिसा(इडिभी) फेरि खुल्ने भएको छ । 

सन् २०१८ का लागि आगामी मंगलबादेखिर इडिभी भर्न सकिने काठमाण्डौस्थित अमेरिकी दूताबासले बुधबार एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । 

दूताबासका अनुसार आगामी मंगलबार नेपालको स्थानीय समय अनुसार बिहान ९ः४५ बजेबाट खुल्ने इडिभीको आवेदन कात्तिक २२ गते स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ ।



Source: bizshala

Wednesday, September 28, 2016

के तपाई पनि डिभी भर्ने सोचमा हुनुहुन्छ ? खुल्यो है !

काठमाण्डौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

त्यस्तै, कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०ः ४५ बजे बन्द हुनेछ । अमेरिकी दुतावासले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।



Source: arthatantra

Saturday, September 24, 2016

नेशनल माईक्रोफाईनान्समा मारामारी गरेर सेयर आबेदन गर्दा फाईदा भयो कि घाटा ?

साना कम्पनीका प्राथमिक सेयर(आईपीओ)मा मारामारी गरेर आबेदन गर्दा फाईदा नहुने भन्दै संयमित भएर लगानी गर्न मेरोलगानी डटकमले बारम्बार लगानीकर्ताहरुमा आब्हान गर्दै आएको छ । मेरो माईक्रोफाईनान्स(NMBSL)ले गत साउनमा तीन लाख कित्ता सेयर सर्बसाधारणमा जारी गर्न आबेदन माग गरेपछि लगानीकर्ताहरुको ओईरो नै लाग्यो । तर अहिले बाँडफाँड हुँदा त्यसरी मारामारी गर्नुको खासै उपलब्धि हासिल भएन ।




Source: merolagani

AddToAny