Showing posts with label NMBSL. Show all posts
Showing posts with label NMBSL. Show all posts

Sunday, September 25, 2016

नेसनल माइक्रोफाइनान्सको चिठा प्रणालीबाट सेयर बाँडफाँट गरिएको नतिजा ।

काठमाडौं : नेसनल माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँट गरिएको छ ।

यो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १९ कित्तासम्म सेयर परेको छ । चिठा प्रणालीबाट सेयर बाँडफाँट गरिएको हो । पाँच हजारदेखि ८० हजारसम्म लगानी गर्नेलाई चिठाबाट सेयर दिइएको हो ।

यो सेयरमा न्यूनतम पाँच हजारदेखि अधिकतम १० लाख रूपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था थियो । अधिकतम १० लाख लगानी गर्नेले जम्मा १९ कित्ता सेयर पाएका छन् । 

यस आधारमा आइपीओमा अधिकतम आवेदन पर्न थालेकाले सेयर पार्न मुश्किल पर्न थालेको छ । 


Source: nepalipaisa

Saturday, September 24, 2016

नेशनल माईक्रोफाईनान्समा मारामारी गरेर सेयर आबेदन गर्दा फाईदा भयो कि घाटा ?

साना कम्पनीका प्राथमिक सेयर(आईपीओ)मा मारामारी गरेर आबेदन गर्दा फाईदा नहुने भन्दै संयमित भएर लगानी गर्न मेरोलगानी डटकमले बारम्बार लगानीकर्ताहरुमा आब्हान गर्दै आएको छ । मेरो माईक्रोफाईनान्स(NMBSL)ले गत साउनमा तीन लाख कित्ता सेयर सर्बसाधारणमा जारी गर्न आबेदन माग गरेपछि लगानीकर्ताहरुको ओईरो नै लाग्यो । तर अहिले बाँडफाँड हुँदा त्यसरी मारामारी गर्नुको खासै उपलब्धि हासिल भएन ।




Source: merolagani

AddToAny