Showing posts with label Post Dashain. Show all posts
Showing posts with label Post Dashain. Show all posts

Tuesday, October 18, 2016

क्रमिक सुधारको बाटोमा नेप्से, १० अंकले घटेको बजार त्यतिमा नै रिकभर ।

काठमाडौं, कात्तिक २ । दशैं पछि खुलेको शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । आइतबार १५ अंकले घटेको बजार सोमबार १० अंकले झरेको थियो । त्यस्तै साताको तेस्रो दिन मंगलबार भने बजार क्रमिक सुधार हुँदै शुन्य दशमलव ६३ अंकले मात्रै घटेको हो ।



Source: aarthiknews

Monday, October 17, 2016

थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साधारण सेयर (आईपीओ) !

काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् ।




Source: arthatantra

Sunday, October 16, 2016

दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप थाम्न सकेन सेयर बजारले, कारोबार रकम अपेक्षाकृत कम ।

नेपाल स्टक एक्सचेन्जको सेयर बजार नेप्सेमा दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप परेपछि सूचक १६ अंकले तल झरेको छ । कारोबार रकम भने अपेक्षा गरे अनुसार नै कम हुँदा ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दसै अघिका दिनहरुमा लगानीकर्ताहरुमा तुलनात्मक रुपमा खरिद गर्ने प्रबृत्ति देखिएको थियो तर दसै मनाएर बजारमा फर्किएका लगानीकर्ताहरु सेयर बेचेरै बस्ने सोचमा देखिए ।


बजार भारी अंकले तल झर्दा पनि अधिक कमाउने सूचीमा रहेका कम्पनी यस्ता छन् ।
बजार ओरालो लाग्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको सूची यस्तो छ ।
Source: merolagani

Wednesday, October 12, 2016

हकप्रद जारी गर्ने कम्पनी अब मर्जरमा जान नपाउने, नमान्नेलाई कारबाही ।

हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरु अब मर्जरमा जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्कासनपछि मात्र मर्जर तथा एक्विजिसनमा जाने व्यवस्था गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा हकप्रद सेयर निष्कासन गर्ने भनेर चलखेल गरी मर्जर तथा एक्विजिसनमा जाने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले दसैंलगत्तै त्यो व्यवस्था गर्ने गरी तयारी भइरहेको समेत जानकारी गराएको छ ।



Source: bankingkhabar

AddToAny