Sunday, February 19, 2017

सेयर बजारमा अबको लगानी, यसरी बनाऔं तीन चरणमा रणनीति ।

काठमाडौं : हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सबैको आ–आफ्नै रणनीति हुन्छ । सेयर बजारमा लगानी गर्दा पनि सबैको फरक किसिमको आफ्नै रणनीति हुनसक्छ । कतिपय लगानीकर्ताहरु कम्पनीको आधारभूत पक्षको विविध पक्षको विश्लेषण गरी आफ्नो लगानी रणनीति बनाउँछन् भने केही लगानीकर्ता सेयर बजारमा आउन सक्ने उतारचढावको विश्लेषण गरी आफ्नो लगानी रणनीति तय गरिरहेका हुन्छन् । आखिर जसरी लगानी गरे पनि लगानीकर्ताको उदेश्य भनेको सेयरबजारबाट पर्याप्त लाभ प्राप्त गर्नु नै हो ।

यस लेखमा कम्पनीहरुको आधारभूत विषयको विश्लेषणबाट भन्दा पनि अब बजारमा बढोत्तरी हुँदा कसरी लगानी रणनीति बनाउने भन्नेतर्फ केही चर्चा गरिदैँछ । बजार कति विन्दुसम्म माथि पुग्छ वा कतिसम्म तल झर्न सक्छ, ठ्याक्कै कसैले भन्न सक्दैन । विविध पक्षको विश्लेषण गरी अनुमान लगाउने मात्र हो । १८८१ को उच्च बिन्दुमा पुगेको नेप्से अहिले १२१८ न्यून बिन्दु हाराहारीबाट फर्किदैँछ ।



Source: nepalipaisa

No comments:

Post a Comment

AddToAny