समता माइक्रोफाइनान्सले निष्काशन गरेको नयाँ साधारण सेयर, आइपीओ को आज बाँडफाँड गरिएको छ। पुस १९ देखि २२ सम्म निष्काशन गरिएको आईपीओ भरेका मध्ये ८ हजार ८ सय १७ जनाले मात्र समताको सेयर पाएका छन।
बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडमा बुधबार बिहान गोलाप्रथा प्रणालीबाट गरिएको सेयर बाँडफाँडमा भाग्यमानी लगानीकर्ताले १० कित्ता पाउने भएका छन। समताको आइपीओ भरेका १ हजार २ सय ४८ जनाको आबेदन रद्द भएका छन।
Source: nepalipaisa

No comments:
Post a Comment