Showing posts with label End. Show all posts
Showing posts with label End. Show all posts

Monday, December 5, 2016

कारोबार र नेप्से दुवैमा गिरावट, कारण राजनीतिक अन्यौलता कि अरु नै केहि ।

साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा झनै खुम्चिएको छ। माग र आपूर्तिबीचको असन्तुलन र लगानीकर्ताको मनोबल बढाउने ठोस आधारको अभाबमा ओरालो लागेको नेप्से २६ दशमलब ३५ अंकको गिरावटपछि १५४४ दशमलब ६० को बिन्दुमा पुगेको छ।



Source: bizpati

आज पनि झ¥यो सेयर बजार, तर कमाउनेले कमाए, हेर्नुहोस् कमाउने कम्पनी !

काठमाण्डौं । सेयर बजार आज साताको दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । नेप्से परिसूचक २६.३५ अंकले घटेर १५४४.६० अंकमा बन्द भएको छ ।



Source: arthatantra

Monday, October 10, 2016

वित्तीय साक्षरता : शेयर डिम्याट खाता के हो ? कहाँबाट र कसरी खोल्ने ? के फाईदा हुन्छ ? (जानी राखौं)

शेयर डिम्याट भनेको के हो ?

तिव्र रुपले बढ्दै गएको उच्चस्तरीय प्रविधिको प्रयोग र सहभागितासँगै वृद्धि हुदै गएको अन्तरास्ट्रिय धितोपत्र बजार र बस्तु बजारको स्तरमा नभएपनि हाम्रो नेपाली पुँजी बजार पनि त्य दिशामा अगाडी बढिरहेको छ ।

भर्खरै सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले शेयर बजारमा अपनाएको डिम्याट प्रणाली अर्थात शेयर अभौतिकिकरण अझैपनि धेरैको लागि नौलो र नयाँ प्रविधी हो । कागजी शेयरको झन्झटिलो कारोबारलाइ अन्त्य गर्न र लगानीकर्ताहरुलाई शेयरको कारोबारमा अझै सहजता प्रदान गर्न सीडीएससीले यो प्रणालीलाई कार्यन्वयनमा ल्याएको हो ।



Source: aarthiknews

Thursday, October 6, 2016

दसैंलाई नेप्सेको स्वागत, बजार हरियो भएरै बन्द भयो, बीओकेएलमा लगानीकर्ताको आकर्षण ।

काठमाडौं : दसैंलाई नेप्सेले स्वागत गरेको छ । दसैंअघिको अन्तिम कारोबारमा बजार हरियो भएरै बन्द भएको छ ।

बिहीबार सेयर किनेकाले अब दसैंपछिमात्र पैसा भुक्तानी गरे हुने भएकाले पनि क्रेता बढेको अनुमान छ । बिहीबार बजार नाप्ने नेप्से परिसूचक १३.२८ अंकले बढेर १८१९.८८ विन्दुमा आइपुगेको छ ।

नेप्से सूचकसँगै कारोबार रकम पनि एक अर्ब नाघेको छ ।



Source: nepalipaisa

Sunday, October 2, 2016

सेयर नपरेको रकम आवेदकको खातामा पहिलोपटक ट्रान्सफर, चेक लिएर जम्मा गर्नुपर्ने झञ्झट हट्यो ।

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडमार्फत सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संस्थापक तथा सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम बिक्रीको बाँडफाँटमा नपरेका शेयरबापतको रकम अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीको आईपीओ रिफन्डप्रडक्टमार्फत सोझै आवेदकको बैंक खातामा पहिलोपटक भुक्तानी गरिएको छ । 

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध नरहेका बैंक तथा बित्तीय संस्था र बैंक खाता उपलब्ध नगराएका लगानीकर्ताका लागि ग्लोबल आइएमई क्यापिटलले असोज १४ गतेदेखि छुट्टै चेकबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।


Nepal Clearing House
Source: bizshala

AddToAny