Showing posts with label Direct Deposit. Show all posts
Showing posts with label Direct Deposit. Show all posts

Tuesday, October 25, 2016

ग्लोबल आईएमई क्यापिटलले सुरु गर्यो लगानीकर्तालाई राहत दिने काम, सास्ती पाउने दिन अब गए ।

ग्लोबल आईएमई क्यापिटलले पहिलो पटक साधारण शेयर आबेदन गर्दा शेयर नपरेका लगानीकर्ताको पैसा उनीहरुको बैंक खातामा नै पठाउने काम सुरु गरेको छ । यस अघि सबै कम्पनीले साधारण शेयर निष्काशनका दौरान केही बैंकहरुको बैंक खातामा मात्र शेयर नपरेको पैसा रकमान्तर गर्दै आएकोमा क्यापिटलले कसैलाई पनि लाइन लागेर पूर्जा लिन धाउन नपर्ने तयारी गरेको हो ।



Source: merolagani

Monday, October 24, 2016

सुर्योदय लघुवित्तको साधारण शेयर नपरेको पैसा भोलि देखि फिर्ता ।

एनसीएच प्रणालीमा आबद्द संस्थामा खाता भए पैसा सिधै खातामा जम्मा हुने ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर नपरेको पैसा भोलि कात्तिक ९ देखि फिर्ता हुने भएको छ। लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँका दरले निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण शेयरमा १ लाख ९ हजार ७ सय १४ आवेदकबाट आबेदन परेको थियो। जसमा १०६ कर्मचारी र ८ सामुहिक लगानी कोष सहित १० हजार ९ सय २० जनाले सुर्योदय लघुवित्तको शेयर पाए।



Source: bizpati

Sunday, October 2, 2016

सेयर नपरेको रकम आवेदकको खातामा पहिलोपटक ट्रान्सफर, चेक लिएर जम्मा गर्नुपर्ने झञ्झट हट्यो ।

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडमार्फत सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संस्थापक तथा सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम बिक्रीको बाँडफाँटमा नपरेका शेयरबापतको रकम अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीको आईपीओ रिफन्डप्रडक्टमार्फत सोझै आवेदकको बैंक खातामा पहिलोपटक भुक्तानी गरिएको छ । 

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध नरहेका बैंक तथा बित्तीय संस्था र बैंक खाता उपलब्ध नगराएका लगानीकर्ताका लागि ग्लोबल आइएमई क्यापिटलले असोज १४ गतेदेखि छुट्टै चेकबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।


Nepal Clearing House
Source: bizshala

Sunday, September 25, 2016

अब नगद लाभांश सिधैं लगानीकर्ताको बैंक खातामा, सिद्धार्थ क्याटिलबाट भयो सुरुवात !

काठमाण्डौं । सिद्धार्थ क्यापिटलले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खाताबाटै पठाउनका लागि बैंक खाता खोल्न सूचना जारी गरेकोछ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको लाभांस रकम बैंक खातामा जम्मा गराउन सबै सुचिकृत कम्पनीलाई निर्देशन दिएको थियो ।



Source: arthatantra

AddToAny