Showing posts with label Reimburse. Show all posts
Showing posts with label Reimburse. Show all posts

Monday, October 24, 2016

सुर्योदय लघुवित्तको साधारण शेयर नपरेको पैसा भोलि देखि फिर्ता ।

एनसीएच प्रणालीमा आबद्द संस्थामा खाता भए पैसा सिधै खातामा जम्मा हुने ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर नपरेको पैसा भोलि कात्तिक ९ देखि फिर्ता हुने भएको छ। लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँका दरले निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण शेयरमा १ लाख ९ हजार ७ सय १४ आवेदकबाट आबेदन परेको थियो। जसमा १०६ कर्मचारी र ८ सामुहिक लगानी कोष सहित १० हजार ९ सय २० जनाले सुर्योदय लघुवित्तको शेयर पाए।



Source: bizpati

Tuesday, September 27, 2016

नेसनल माइक्रोफाइनान्सले बिहीबारदेखि दिंदैछ पैसा फिर्ता, यस्ता छन् खातामै पैसा जाने बैंक ।

काठमाडौं : नेसनल माइक्रोफाइनान्सले सेयर नपरेको पैसा बिहीबारदेखि फिर्ता दिने भएको छ । 

लगानीकर्ताले सेयर नपरेको पैसा सेयर भरेकै केन्द्रबाट फिर्ता पाउने बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

पैसा फिर्ता लिन जाँदा सेयर बाँडफाँट पत्र, दरखास्त फारमको अर्धकट्टी तथा नागरिकताको फोटोकपी पेस गर्नुपर्नेछ । 

आवेदक आफैं उपस्ति हुन नसकी अन्य व्यक्तिलाई भुक्तानी लिन पठाउने भएमा बाँडफाँट पत्र, नागरिकताको फोटोकपी तथा मन्जुरीनामा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।



Source: nepalipaisa

AddToAny