काठमाडौं : नेसनल माइक्रोफाइनान्सले सेयर नपरेको पैसा बिहीबारदेखि फिर्ता दिने भएको छ ।
लगानीकर्ताले सेयर नपरेको पैसा सेयर भरेकै केन्द्रबाट फिर्ता पाउने बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
पैसा फिर्ता लिन जाँदा सेयर बाँडफाँट पत्र, दरखास्त फारमको अर्धकट्टी तथा नागरिकताको फोटोकपी पेस गर्नुपर्नेछ ।
आवेदक आफैं उपस्ति हुन नसकी अन्य व्यक्तिलाई भुक्तानी लिन पठाउने भएमा बाँडफाँट पत्र, नागरिकताको फोटोकपी तथा मन्जुरीनामा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।
Read more: नेसनल माइक्रोफाइनान्सले बिहीबारदेखि दिंदैछ पैसा फिर्ता, यस्ता छन् खातामै पैसा जाने बैंक ।
Source: nepalipaisa
No comments:
Post a Comment