Wednesday, September 28, 2016

बिरानो आकाशः शून्यबाट सुरु हुने अमेरिकन जीवनमा अरूको आस गरेपनि भर नपर्दै बेस !

आज बिहानै चिनजान गरेका मित्रले फोन गरे । फोनमा भलाकुसारी हुन नपाउदै उनले भने ! सर तपाईलाई वधाई छ । म अक्क न बक्क हुँदै सोच्न थाले र मेरो ध्यान नयाँ सुरुगरेका कामको परिणामको सफलता तिर गयो । तर कुरो अन्त बसाईं सर्ने निम्तो-पत्रको पहिलो चिठीको रहेछ । म भन्दा पहिले उनीले थाहा पाएका रहेछन् । नयाँ समय र नयाँ कर्मका साथ नयाँ जीन्दगी चलाउने चिठीले मनमा खैलाबैला ल्याउन लाग्यो । बाह्र घण्टाको समयान्तरको दुरीमा रहेको गोलार्दको अर्को कुनामा घरपरिवारवाट टाढिएर बसाईंसरी जानु पर्दा मनमा खुसी र बेचैन दुबै हुन थाल्यो ।




No comments:

Post a Comment

AddToAny