काठमाडौं : सिद्धार्थ इक्विटी फन्डले २८ करोड युनिट म्युचुअल फन्डका स्किम ल्याउने भएको छ ।
सिद्धार्थ म्युचुअल फन्डले ल्याउन लागेको यो तेस्रो योजना हो । सिद्धार्थले इक्विटी फन्ड योजना ल्याउन नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
सिद्धार्थले धितोपत्र बोर्डमा दिएको निवदेन अनुसार दुई अर्ब ८० करोड रूपैयाँको २८ करोड युनिट ल्याउनेछ ।
पछिल्लो समय साम”हिक लगानी कोषमा सर्वसाधारणको आकर्षण बढ्दो छ । सिद्धार्थसहित पाइपलाइनमा एनआइबीएल प्रगति फन्ड र लक्ष्मी भ्यालू फन्ड पनि पाइपलाइनमा बसेका छन् ।
Read more: सिद्धार्थले तेस्रो म्युचुअल फन्ड स्किम ल्याउँदै, ‘सिद्धार्थ इक्विटी फन्ड नाममा’ बजारमा आउँदै ।
Source: nepalipaisa
No comments:
Post a Comment