Thursday, September 29, 2016

वाणिज्य बैंक चम्किँदा बजार उक्लियो, इण्डेक्ससँगै कारोबार पनि वृद्धि ।

बीओके, ज्योति र कुमारीले पैसा छापे ।

काठमाण्डौ । वाणिज्य बैंकहरुको योगदानका कारण साताको अन्तिम कारोबार दिन बिहीबार ४.२८ अंकले उक्लिएको छ । 

अधिकांश समूहको परिसूचकमा रातो पोतिए पनि वाणिज्य बैंक एकाएक चम्किँदा घट्दो बजारमा उत्साह भर्दै नेप्से परिसूचक उचालिएको हो ।

नेप्से परिसूचक १७५३.३८ को उचाईमा पुगेको छ भने बुधबार भन्दा करिब ६ करोड बढीको कारोबार भएको छ । 

लगानीकर्ताहरु वाणिज्य बैंकको सेयरमा झुम्मिएपछि इण्डेक्ससँग कारोबार रकम पनि बढेको हो ।



Source: bizshala

No comments:

Post a Comment

AddToAny