Showing posts with label Weekend. Show all posts
Showing posts with label Weekend. Show all posts

Saturday, November 12, 2016

सेयरमा रातो झण्डा ६५ अंकको गीरावट, तैपनि कुन–कुन कम्पनीले कमाए हेर्नुहोस् !

काठमाडौ । गत साताको अन्त्यमा १७६२.२१ अंकमा रहेको सेयर बजार यो साता १६९७.१७ अंकमा झरेको छ । गत साताको तुलना गर्दा यो ६५.०४ अंकको गीरावट हो । आईतबार बिदाको दिन परेका कारण यो साता ४ दिनमात्र सेयर कारोबार भयो । बजारमा पहिलो ३ दिन दोहोरो अंकको गीरावट आयो । साताको कारोबार अन्तिम दिन ०.३१ अंकको सुधार भएर सेयर बजार बन्द भयो ।



Source: arthatantra

Thursday, September 29, 2016

बजार हरियो भयो, कारोबार रकममा पनि सुधार ।

काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से हरियो भएको छ भने कारोबार अंकमा पनि थोरै सुधार भएको छ। नेप्से परिसूचक ४.२८ बढेर १७५३.३८ विन्दुमा पुगेको छ।

बुधबारको तुलनामा कारोबार अंकमा पनि केही सुधार आएको छ। बिहीबार ८१ करोड बढीको कारोबार भएको छ । बजार खुलेपछि रातो भएको नेप्से एक बजेदेखि हरियो भएको थियो।




Source: nepalipaisa

वाणिज्य बैंक चम्किँदा बजार उक्लियो, इण्डेक्ससँगै कारोबार पनि वृद्धि ।

बीओके, ज्योति र कुमारीले पैसा छापे ।

काठमाण्डौ । वाणिज्य बैंकहरुको योगदानका कारण साताको अन्तिम कारोबार दिन बिहीबार ४.२८ अंकले उक्लिएको छ । 

अधिकांश समूहको परिसूचकमा रातो पोतिए पनि वाणिज्य बैंक एकाएक चम्किँदा घट्दो बजारमा उत्साह भर्दै नेप्से परिसूचक उचालिएको हो ।

नेप्से परिसूचक १७५३.३८ को उचाईमा पुगेको छ भने बुधबार भन्दा करिब ६ करोड बढीको कारोबार भएको छ । 

लगानीकर्ताहरु वाणिज्य बैंकको सेयरमा झुम्मिएपछि इण्डेक्ससँग कारोबार रकम पनि बढेको हो ।



Source: bizshala

कारोबारको अन्तिम दिन सेयर सूचक उक्लियो, रकम पनि बढ्यो !

काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । बजार ४.२८ अंकले बढेर १७५३ अंक पुगेकोछ भने बितेका दिनहरुको तुलनामा सेयर बढी कारोबार अर्थात् ८१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा दिनभरीमा १४२ कम्पनीको सेयर किनबेच भएको छ । आज बैंकिङ, होटल र उत्पादनमूलक क्षेत्रले बजारलाई उकालेका हुन् । आज बाणिज्य बैंक समूह करिव १३ अंकले बढेको छ भने होटल ६ अंक र उत्पादनमूलक १८ अंकले बढेको छ ।



Source: arthatantra

AddToAny