Showing posts with label Double Digit. Show all posts
Showing posts with label Double Digit. Show all posts

Monday, December 5, 2016

कारोबार र नेप्से दुवैमा गिरावट, कारण राजनीतिक अन्यौलता कि अरु नै केहि ।

साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा झनै खुम्चिएको छ। माग र आपूर्तिबीचको असन्तुलन र लगानीकर्ताको मनोबल बढाउने ठोस आधारको अभाबमा ओरालो लागेको नेप्से २६ दशमलब ३५ अंकको गिरावटपछि १५४४ दशमलब ६० को बिन्दुमा पुगेको छ।



Source: bizpati

Saturday, November 12, 2016

चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।



Source: bizmandu

Tuesday, October 25, 2016

निरन्तर घट्दैछ सेयर बजार, हेर्नुहोस् किन, अब के गर्ने ?

काठमाण्डौँ । सेयर बजार आज मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज तीन दिनमै सबैभन्दा बढी नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा झरेको हो । बजार घट्दै गएपछि कारोबार रकम समेत घट्न पुगेको छ ।


Source: arthatantra

Monday, October 17, 2016

दोहोरो अंकले झर्यो बजार, कारोबार रकम ६३ करोडमा सीमित ।

काठमाडौं, कात्तिक १ । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । बडा दसैंको पछि खुलेको शेयर कारोवारको पहिलो दिन १५ अंकले घटेको बजार दोस्रो दिन १०.३८ अंकले घटेर १७ सय ९३ दशमलव ३६ बिन्दुमा रोकिएको छ ।


Source: aarthiknews

Tuesday, October 4, 2016

शिखरको २० करोड कारोबारले बिमा समूह वाणिज्य बैंकको टक्करमा ।

बुल भो बजार, नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब बढीको कारोबार ।

काठमाण्डौ । आइतबार र सोमबार वाणिज्य बैंकको बर्चश्व रहेको बजारलाई शिखर इन्स्योरेन्सको उच्च कारोबारले प्रभावित बनाइदिएको छ । 

वाणिज्य बैंककै हाराहारीमा बिमा समूहको कारोबार पुग्नुमा शिखरको महत्वपूर्ण योगदान रह्यो । शिखर लगायतका क वर्गका राम्रा कम्पनीमा लगानीकर्ता थुप्रिदा मंगलबार बुल भएको बजार दोहोरो अंकले उक्लियो । १८.१ अंकले बढेर नेप्से १७९८.५० अंकको उचाईमा पुगेको छ ।


Source: bizshala

Monday, September 26, 2016

नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि ।

बजार हराभरा, बित्तीय संस्थाको मात्रै ७८ करोड बढीको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ । 

अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ । 



Source: bizshala

AddToAny