Showing posts with label Shikhar Insurance. Show all posts
Showing posts with label Shikhar Insurance. Show all posts

Tuesday, October 4, 2016

शिखरको २० करोड कारोबारले बिमा समूह वाणिज्य बैंकको टक्करमा ।

बुल भो बजार, नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब बढीको कारोबार ।

काठमाण्डौ । आइतबार र सोमबार वाणिज्य बैंकको बर्चश्व रहेको बजारलाई शिखर इन्स्योरेन्सको उच्च कारोबारले प्रभावित बनाइदिएको छ । 

वाणिज्य बैंककै हाराहारीमा बिमा समूहको कारोबार पुग्नुमा शिखरको महत्वपूर्ण योगदान रह्यो । शिखर लगायतका क वर्गका राम्रा कम्पनीमा लगानीकर्ता थुप्रिदा मंगलबार बुल भएको बजार दोहोरो अंकले उक्लियो । १८.१ अंकले बढेर नेप्से १७९८.५० अंकको उचाईमा पुगेको छ ।


Source: bizshala

६० प्रतिशत वोनस सेयरले शिखरको कारोबार उचालियो, सुचक १८०० अंक नजिक, कारोबार रकममा सुधार ।

काठमाडौं । सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दिनभरीमा १२७n कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

६० प्रतिशत वोनस सेयरको प्रभाव शिखर इन्स्योरेन्सको सेयरमा देखिएको छ । कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरको मूल्य पनि बढेको छ ।


Source: bizmandu

आज एक अर्ब १३ करोड बराबरको सेयर किनबेच, हेर्नुस् क–कसले कति कमाए ?

काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ करोड १७ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको ९ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।


Source: arthatantra

सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार ।

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ ।


Source: bikashnews

AddToAny