Showing posts with label Bur. Show all posts
Showing posts with label Bur. Show all posts

Tuesday, October 4, 2016

६० प्रतिशत वोनस सेयरले शिखरको कारोबार उचालियो, सुचक १८०० अंक नजिक, कारोबार रकममा सुधार ।

काठमाडौं । सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दिनभरीमा १२७n कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

६० प्रतिशत वोनस सेयरको प्रभाव शिखर इन्स्योरेन्सको सेयरमा देखिएको छ । कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरको मूल्य पनि बढेको छ ।


Source: bizmandu

आज एक अर्ब १३ करोड बराबरको सेयर किनबेच, हेर्नुस् क–कसले कति कमाए ?

काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ करोड १७ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको ९ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।


Source: arthatantra

Saturday, September 24, 2016

आत्तिएर सेयर बेच्न या त किन्न खोज्दैहुनुहुन्छ ? एकपटक यो पढ्ने कि !

काठमाण्डौं । भनिन्छ सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् ।

जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।


Source: arthatantra

AddToAny