Showing posts with label Highest Point. Show all posts
Showing posts with label Highest Point. Show all posts

Tuesday, November 22, 2016

तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व प्राप्त भएको देख्न नचाहनेहरुले यस्तो परिणाम ल्याउन खोजे, जसबाट बजारमा भयंकर अन्योल सिर्जना होस् ।

Read more: तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

Source: arthatantra

Sunday, November 13, 2016

सेयर बजार अझै करेक्सन मोडमा, लगानीकर्ता र ब्रोकर नै तत्काल वढ्नेमा आशावादी छैनन् ।

काठमाडौं। गएको साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक अहिलेसम्मकै उच्च बिन्दु १८८१.४५ अंक पुग्यो।

सेयर बजारमा कालो धन प्रवेश भएको हुनसक्ने आशंकामा नियामक निकाय धितोपत्र वोर्डले त्यसको छानबिन गर्न समिति बनायो। यसले लगानीकर्ता डराए। बजार ओरालो लाग्न थाल्यो।



Source: bizmandu

Sunday, October 2, 2016

सेयर कुन बेला किन्ने र कुन बेला बेच्ने अन्योलमा हुनुहुन्छ ? यसो गर्नुहोस् !

सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सिेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो ।

भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

सेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ ।



Source: arthatantra

Saturday, September 24, 2016

आत्तिएर सेयर बेच्न या त किन्न खोज्दैहुनुहुन्छ ? एकपटक यो पढ्ने कि !

काठमाण्डौं । भनिन्छ सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् ।

जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।


Source: arthatantra

AddToAny