Showing posts with label When. Show all posts
Showing posts with label When. Show all posts

Wednesday, April 5, 2017

भार्गव विकास बैंक (BHBL) को १००% हकप्रद सेयर कहिलेसम्म कहाँ, कति र कसरी भर्ने ?

भार्गव विकास बैंकले फागुन २४ देखि १००% हकप्रद सेयर निष्कासन खुला गरी सकेको छ । भार्गवले एक कित्ता बराबर थप अर्को एक कित्ता (१ः१) अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ । भागर्वले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिएको छ । 

तर हकप्रद भने बोनसभन्दा अघि कायम चुक्ता पुँजी १२ करोडबाटै दिएको हो । कम्पनीको यो हकप्रद सेयरमा फागुन ११ गते सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन चैत्र २८ गते तोकिएको छ । भार्गवको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हाल्दै छ । भार्गव विकास बैंकको केन्द्रीय कार्यालय सुर्खेतरोड तथा यसका अधिकांश शाखा कार्यालयमा गएर आवेदन दिन सकिनेछ । 

यस्तै, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेक मात्र बुझिने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । भार्गवले यो त्रैमासमा एक करोड ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।



Monday, April 3, 2017

एनआइसी एसिया (NICA) को १५% हकप्रद सेयर कहिलेसम्म कहाँ, कति र कसरी भर्ने ?

एनआइसी एसिया बैंकले चैत १६ गतेदेखि १५% हकप्रद सेयर निष्कासन खुला गरी सकेको छ । एनआइसीको यो हकप्रद सेयर वैशाख १९ गतेसम्म भर्न पाइनेछ । एनआइसीले १०० कित्ता बराबर १५ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि एनआइसीको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाा पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले फेरि १५% हकप्रद दिनु परेको हो । कम्पनीको यो हकप्रद सेयर चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि बैकले चैत ७ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी एसिया बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९९८ रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा रहेको एनआईसीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ५० पैसा छ ।



Source: NICAsiaBank



Sunday, October 2, 2016

सेयर कुन बेला किन्ने र कुन बेला बेच्ने अन्योलमा हुनुहुन्छ ? यसो गर्नुहोस् !

सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सिेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो ।

भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

सेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ ।



Source: arthatantra

AddToAny