Showing posts with label NMB Capital Market Ltd.. Show all posts
Showing posts with label NMB Capital Market Ltd.. Show all posts

Wednesday, April 5, 2017

भार्गव विकास बैंक (BHBL) को १००% हकप्रद सेयर कहिलेसम्म कहाँ, कति र कसरी भर्ने ?

भार्गव विकास बैंकले फागुन २४ देखि १००% हकप्रद सेयर निष्कासन खुला गरी सकेको छ । भार्गवले एक कित्ता बराबर थप अर्को एक कित्ता (१ः१) अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ । भागर्वले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिएको छ । 

तर हकप्रद भने बोनसभन्दा अघि कायम चुक्ता पुँजी १२ करोडबाटै दिएको हो । कम्पनीको यो हकप्रद सेयरमा फागुन ११ गते सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन चैत्र २८ गते तोकिएको छ । भार्गवको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हाल्दै छ । भार्गव विकास बैंकको केन्द्रीय कार्यालय सुर्खेतरोड तथा यसका अधिकांश शाखा कार्यालयमा गएर आवेदन दिन सकिनेछ । 

यस्तै, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेक मात्र बुझिने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । भार्गवले यो त्रैमासमा एक करोड ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।



AddToAny